लोडसेडिङ हटाउन भारतबाट १५ अर्बको बिजुली आयात

    923

    काठमाडौं । लोडसेडिङ हटाउन नेपाल विद्युत् प्राधिकरणले यो वर्ष १५ अर्ब रुपैयाँको बिजुली आयात गरेको छ ।

    गत वर्षको तुलनामा यो वर्ष बिजुली आयात १ अर्ब रुपैयाँमात्र बढीको भएको छ । गत वर्ष प्राधिकरणले १४ अर्ब रुपैयाँको बिजुली आयात गरेको  थियो । सस्तो मूल्यमा बिजुली खरिद गरेकाले यो वर्ष बिजुली खरिदको भुक्तानी रकम १ अर्ब रुपैयाँमात्र बढेको हो ।

    ऊर्जा आयात हिसावले गत वर्षको तुलनामा यो वर्ष १३ प्रतिशत बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो वर्ष प्राधिकरणले १ अर्ब ९७ अर्ब २० करोड युनिट बिजुली भारतबाट आयात गरेको उनले जानकारी दिए । उनका अनुसार गत वर्ष १ अर्ब ७३ करोड ९ लाख युनिट बिजुली आयात भएको थियो ।

    चैतमा वर्षात् भइरहेकाले पनि आन्तरिक बिजुली उत्पादन बढेको र केही आधा दर्जन आयोजना सम्पन्न भई १०५ मेगावाट बिजुली उत्पादन थप भएको उनले जानकारी दिए । अझै प्रणालीमा ४५ मेगावाट थप हुने तयारीमा रहेको उनले बताए ।

    उनले यो वर्ष विद्युत् प्राधिकरणको कारोबार १४ अर्ब  बढेर ४४ अर्ब रुपैयाँ पुग्ने भएको छ । गत वर्ष ३२ अर्ब रुपैयाँ बराबरको मात्र बिजुली कारोबार भएको थियो । हाल विद्युत प्राधिकरणले साँझ ९२० मेगावाटसम्म बिजुली आपूर्ति गरिरहेको उनले बताए ।

    ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षात्मा बिजुली बढी हुने जानकारी दिदै यसलाई खपत बढाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

    स्रोत: बाह्रखरी