त्रिशूली ३ ए को क्षमता वृद्धि विरोधमा कर्मचारी

    3244

    काठमाडौ, जेष्ठ १८ –
    Trishuli_A_Bridge माथिल्लो त्रिशूली ३ ए आयोजनाको क्षमता बढाउने निर्णयको विरोधमा विद्युत् प्राधिकरणका कर्मचारी उत्रिएका छन् । प्राधिकरणका ४ वटा युनियनले संयुक्त रूपमा विज्ञप्तिमार्फत गलत समय, गलत नियत र गैरकानुनी ढंगले क्षमता परिवर्तन गरिएको ठहर गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

    ‘नेपालमै पहिलोपटक आयोजनाको लागत र समय बढाउन नपाइने गरी ईपीसी मोडलमा चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनीसँग ठेक्का सम्झौता भई करिब ३५ देखि ४० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा क्षमता परिवर्तन गर्नु भनेको ठूलो आर्थिक चलखेल गरी मुलुक र जनतामाथिको डकैती हो भन्ने हाम्रो निष्कर्ष छ,’ युनियनहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    बीचमा क्षमता बढाउँदा करिब १ अर्ब ८० करोड रुपैयाँ बराबरको चलखेल भएको प्राधिकरण स्रोतको भनाइ छ । ‘घोर आपत्तिजनक ढंगले गरिएको आयोजनाको क्षमता परिवर्तनलाई सावित गराउने घृष्टतासहित पत्रपत्रिकामा प्राधिकरणको नामबाट विज्ञापन प्रकाशित गरिए तापनि उक्त निर्णय मुलुक, प्राधिकरण, विद्युत् विकास र नेपाली जनताको हितमा नहुने हाम्रो निष्कर्ष हो,’ विज्ञप्तिमा भनिएको छ । आयोजनाको क्षमता परिर्वतन  सम्बन्धमा राय पेस गर्न विगतमा ऊर्जा मन्त्रालयका अधिकारीको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदनले समेत आयोजनालाई ९० मेगावाट कायम गर्दा लगानीको प्रतिफल घट््ने, लागतको अनुपातमा आम्दानी घट््ने, सुख्खा यााममा थप ऊर्जा उत्पादन हुन नसक्ने, प्रतियुनिट विद्युत् उत्पादनको लागत बढ्र्ने राय दिँदादिँदै पनि जनतालाई भ्रमित गर्दै आफ्नो कर्तुत लुकाउन उक्त विज्ञापन प्रकाशित गरिएको उनीहरुको भनाइ छ । ‘२०१४ मा सम्पन्न हुनुपर्ने आयोजनाको अवधि २ वर्ष ३ महिना बढाउने निर्णय गरेको विषय जनतालाई ढाँटेर ३ महिना मात्र बढ््ने भनी झूटो तथ्य दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘६० मेघावाटको आयोजना २ वर्ष ढिला हुँदा करिब १ करोड युनिट अर्थात् करिब ८ अर्ब रुपैयाँ नोक्सान हुने विषय लुकाइएको छ ।’

    युनियनको चरणबद्ध आन्दोलनमा प्रधान कार्यालयमा जेठ १९-२१ गतेसम्म पहिलो चरणको विरोध सभाका साथै कार्यालयका सवारीसाधन पूर्णरूपले बन्द गर्ने र सञ्चालक समितिका सदस्य एवं कार्यकारी निर्देशकलाई प्रवेश निषेध गर्ने कार्यक्रम युनियनहरूले सार्वजनिक गरेका छन् ।

    Source :Kantipur