विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन नभएकाेमा सांसदहरुकाे गुनासाे

1617

जेठ २९, २०७७

काठमाण्डाै – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारले गरेको लकडाउन अवधिमा विद्युत् महसुलमा छुट दिने निर्णय कार्यान्वयन नभएकाेमा गुनासाे गरेका छन् ।

शून्य समयमा नेपाली कांग्रेसकी तारादेवी भट्टले गत चैत र वैशाखको कुल १५० युनिटसम्म २५ प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभयो ।

“आफैँले गरेको निर्णय कार्यान्वयन नहुने यो सरकारको कस्तो निर्णय हो”, उहाँले भन्नुभयो । यस्तै नेपाल टेलिकमले ग्राहकलाई विभिन्न सेवामा छुट दिने भनेर गरिएको निर्णयसमेत कार्यान्वयन नभएकामा उहाँले रोष प्रकट गर्नुभयो ।

 

स्रोत: उज्यालो अन्लाईन