नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीमा जित्यो २.१ अर्बको मुद्दा

1332

जेठ २७, २०७७

काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीको ‘ट्रिबुनाल डी बोलोग्ना’ अदालतमा दुई अर्ब १० करोड रूपैयाँको मुद्दा जितेको छ।

अदालतलको पूर्ण इजलासले आज नेपाल इन्भेष्टमेन्ट बैंकको पक्षमा फैसला गरेको बैंकले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न नपर्ने यसअघिको आफ्नै फैसला ‘ट्रिबुनाल डी बोलोग्ना’ अदालतले उल्टाएको हो।

तनहुँ जलविद्युत आयोजनाले आफ्नो ठेकेदार कम्पनी कोअपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले बीचमै काम छाडेपछि जलविद्युत आयोजनाले उसको ग्यारेण्टी बापतको रकम जफत गरेको थियो। त्यसपछि इन्भेष्टमेन्ट बैंकले इटलीको बैंक इन्टेसा सानपाउलो एसपीए मा काउन्टर ग्यारेन्टीबापतको उक्त रकम दावी गरेको थियो। तर, एसपीएले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ बाट आफूले नेपाल इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टीबापतको रकम तिर्न नपर्ने फैसला लिएको थियो।

नेपाल इन्भेष्टमेन्ट बैंकले लामो अदालती प्रक्रियापछि आज, २७ जेठमा बोलोग्ना अदालतलको पूर्ण इजलासले इन्टेसा सानपाउलो एसपीएले इन्भेष्टमेन्ट बैंकलाई रकम तिर्नुनपर्ने भन्ने अघिल्लो फैसला उल्टाइदिएको जानकारी आफूले पाएको विज्ञप्तिमार्फत् जनाएको छ।

‘पछिल्लो आदेशले इटालियन बैंकबाट नेपाल इन्भेष्टमेन्ट बैंकले रकम प्राप्त गर्ने बाटो खोलेको छ,’ विज्ञप्तिमा भनिएको छ।

इन्भेस्टमेन्ट बैंकका ‘बोर्ड सेक्रेटरी’ सुधीर श्रेष्ठले इटालीको ‘ट्रिबुनाल डी बोलोग्ना’ले बैंकको पक्षमा फैसला गरेको  बताए।

सीएमसीले नेपालमा काम गर्ने अनुकूल वातावरण नभएकोले आयोजना छाड्नुपर्ने अवस्था आएको दावी गरेको थियो।

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीको ‘ट्रिबुनाल डी बोलोग्ना’ अदालतमा दुई अर्ब १० करोड रूपैयाँको मुद्दा जितेको छ।

स्रोत : देखापढी