चिलिमेले घोषणा गर्यो २५% लाभांस

    1183

    काठमाडौं। चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांस घोषणा गरेको छ। कम्पनीले पूँजी बढाउनको लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो।

    बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट लाभांस वितरण गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको हो। कम्पनीले गत वर्षको भन्दा ५ प्रतिशत लाभांस बढाएको छ। कम्पनीले आफ्नो अन्य जलविद्युत आयोजनामा लगानी गरिरहेको हुँदा हरेक वर्ष पूँजी संकलनको लागि नगद भन्दा बोनस शेयरलार्इ प्राथमिकता दिदै आएको छ। कम्पनीले पछिल्लो समय माथिल्लो तामाकोशी, मध्ये भोटेकोशी, रसुवागढी, सान्जेन लगायतका जलविद्युत आयोजनामा लगानी गर्दै आएको छ।

    कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गरे सँगै चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ। असार सम्मको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा ५ अर्ब २४ करोड रुपैयाँ रहेको छ। गतवर्ष कम्पनीले ९३ करोड ८७ लाख रुपैयाँ नाफा गरेको थियो। प्रतिशेयर आम्दानी २३ रुपैयाँ थियो।  कम्पनीले यस वर्ष जगेडा कोषबाट बोनस शेयर दिने निर्णय गरेको हो।

    विगत पाच वर्षमा वितरण भएको लाभांस

    आर्थिक वर्ष

    बोनस शेयर

    नगद लाभांस

    जम्मा लाभांस

    2073/2074

    15

    10

    25

    2072/2073

    10

    10

    20

    2071/2072

    15

    12

    27

    2070/2071

    20

    15

    35

    2069/2070

    30

    10

    40

     

     

    Source: The Bizmandu