तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार जलस्रोत तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी नेता वर्षमान पुनलाई सुम्पिएका छन् । यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए । पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे । उनले प्रचण्डलाई पनि शर्मालाई समेट्न भनेका थिए । मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो । तर, वर्षमान पुन ऊर्जाबाट अर्को मन्त्रालयमा जान नमानेपछि शर्मा सरकारमै नजाने निर्णयमा पुगेको माओवादी स्रोतले जनायो । । योसँगै ऊर्जा मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता वर्षमान पुनलाई सुम्पेका छन् ।
पुन तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा २०६७ मा पुन शान्ति तथा पुनर्निर्माण मन्त्री थिए । यसपछि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६८ सालमा अर्थ मन्त्री भएका थिए । नेता बर्षामान पुनलाई सफल कार्यकालको शुभकामना ।
बर्षमान पुन नेपालका एक कम्युनिष्ट राजनितिज्ञ हुन् । हाल एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राजनीति गरिरहेका पुन संविधानसभा निर्वाचन २०७०मा मोरङ क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसका डिग बहादुर लिम्बुसँग पराजित भएका थिए । रोल्पाबाट प्रतिनिधिसभाको उम्मेदवार दोब्बर बढी मतान्तर सहित विजयी भएका थिए ।
कानूनमा प्रमाणपत्र तह उत्तिर्ण उनी माओवादी केन्द्रमा बलियो प्रभाव भएका नेता मानिन्छन्। चुनावी प्रचारमा सृंखलावद्ध विष्फोटको घटना छिचोल्दै मत माग्न हिँडेका अनन्तले (बर्षमान पुन) रोल्पालीको मतबाट मुलुककै समृद्धिको ढोका खोल्न प्रतिबद्ध हुने दावा गरेका छन्।
को हुन् अनन्त
बुबा इर्खराम र आमा तीर्थमालीको कोखबाट २०२८ साल जेठ १८ गते साविकको गाविस जंकोट १ माडीचौरमा जन्मिएका वर्षमान पुनलाई युद्धले अनन्त बनायो।
कटनीटिक मानिने उनी २०२ सालमा विद्यार्थी संगठन हुँदै राजनीतिमा प्रवेश गरेका उनी दुई पटक २४÷२४ दिन हिरासत जीवन वताएका छन। २०५० साल मै उनी अर्ध भूमिगत भएका थिए। २०५२ फागुन १ गते उनी पत्नी ओनसरी घर्तीसँगै होलेरी चौकी आक्रमणमा संलग्न भए। ‘जनयुद्ध भरी भूमिगत भएर राजनीति गरियो।’, विजयी अनन्त भन्छन्, ‘मेरो विजय जनताको विजय हो। राष्ट्र, राष्ट्रियता र मुलुकको समृद्धिमा मेरो योगदान हुनेछ।’
उनले छिमेक कै ओनसरी घर्तीसँग जनवादी विवाह गरेका थिए। २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट विजयी वनेर ओनसरी सभामुख समेत भईन। युद्धको प्रारम्भमै उनी रोल्पा जिल्ला सेक्रेटरी समेत भए। प्युठान, जाजरकोट र मेचीकोशीमा इन्चार्ज हुँदै युद्धका वेला शैन्य कमाण्ड समेत सम्हालेका थिए। राजधानी विशेष कमाण्ड इन्चार्जको जिम्मेवारी सम्हालिसकेका नेता अनन्त लडाईमा कुशल व्यवस्थापक र योजनाकार मानिन्थे।
पश्चिम र पुर्वी कमाण्ड इन्चार्ज, भ्याली विशेष कमाण्ड इन्चार्ज र लडाकु कमाण्डर भएका उनी शान्ति कालमा दुईपटक मन्त्री भईसकेका छन। शान्ति मन्त्रालय र अर्थमन्त्रालयको जिम्मेवारी निभाएका नेता अनन्त माओवादी केन्द्रका सचिवालय सदस्य छन। प्रदेश नम्बर ५ का ईन्चार्ज समेत रहेका युद्धमा दर्जनौ आक्रमणमा संलग्न भए। पुर्व पार्ती सचिव समेत हुन।