विद्युत् नियमन आयोगको अध्यक्षमा अनुपकुमार उपाध्याय सिफारिस

1737

पुष १६, २०७५

नेपाल विद्युत् नियमन आयोगको अध्यक्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पूर्वसचिव अनुपकुमार उपाध्याय तथा सदस्यका लागि चार जनाको नाम सिफारिस गरिएको छ । नियमन आयोगको सिफारिसका लागि मन्त्रालयका सचिव डा. सञ्जय शर्माको संयोजकत्वमा रहेको छनोट कमिटीले उपाध्यायलाई अध्यक्ष र अन्य चार जना सदस्यको लागि सिफारिस गरेको हो ।

कानुनतः एक वर्ष अघिदेखि नै सक्रिय भइसकेको नियमन आयोग नेपालको ऊर्जा क्षेत्रको लागि महत्व पूर्ण निकायको रूपमा हेरिएको छ । मन्त्रालय स्रोतका अनुसार सदस्यका लागि सिफारिस भएकामा रामप्रसाद धिताल, रामेश्वर कलवार, रामकृष्ण खतिवडा र भागिरथी भट्टराई ज्ञवाली छन् । छनोट समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि मात्र उनीहरूको नियुक्ति हुनेछ । उपाध्यायले खुला प्रतिस्पर्धाको अन्तिम मितिको दुई दिनअघि मात्र ऊर्जा सचिवबाट राजीनामा दिएर अध्यक्षका लागि आवेदन दिएका थिए । दुई दशकभन्दा बढी ऊर्जा क्षेत्रमै विताएका उपाध्याय अनुभवी र विषयविज्ञको रूपमा चिनिन्छन् ।

 

भीम गौतम

स्रोत:कारोबार