अप्पर स्याङ्गे हाइड्रोपावरमा प्राइमले लगानी गर्ने

1649

माघ २, काठमाडौं (अस) । अप्पर स्याङ्गे हाइड्रोपावरले प्रवद्र्धन गरिरहेको अप्पर स्याङ्गे खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । २ दशमलव ४ मेगावाट क्षमताको उक्त परियोजनामा प्राइम कमर्शियल बैङ्कले गर्ने भएको छ । हालै आयोजित एक कार्यक्रमबीच दुई संस्थाबीच सो सम्बन्धी सहमति भएको हो ।

लमजुङको मस्र्याङ्दी गाँउपालिकामा रहेको यस परियोजनाको विद्युत् खरीद सम्झौता भइसकेको छ भने परियोजना निर्माण कार्यसमेत शुरू भइसकेको छ ।

स्रोत:अभियान