Goods transported by helicopter In Ghalemdi Hydro

    1388

    helicopter ghalemdiम्याग्दी– जिल्लाको नारच्याङ गाविसमा निर्माणधीन चार मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाले जेनेटर, मिक्सर, कम्पे्रसर लगायत एक करोड मूल्यका सामान हेलिकप्टरबाट ढुवानी गराएको छ। ‘यो महिनादेखि टनेलको काम सुरु हुन्छ, निर्धारित समयमै काम सम्पन्न गर्ने योजना बनाएका छौं,’ घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुबेदीले भने। उनका अनुसार सडक विस्तारमा ढिलाइसँगै निर्माण कार्यमा असर गरेपछि शुक्रबार र शनिबार नारच्याङ बेसीबाट घलेम्दीसम्म इन्टेक र पावरहाउसका उपकरण ओसार्न हेलिकप्टर प्रयोग गरिएको हो।

    घलेम्दीका प्रवन्धक निर्देशक प्रमोद श्रेष्ठका अनुसार निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थसमेत सुरक्षित गरिएको छ। स्थानीयको सक्रियतामा निर्माण भइरहेको जलविद्युतमा संस्थापक सेयरतर्फ १५ करोड संकलन भइसकेको र सर्वसाधारणका लागि ३० प्रतिशत खुल्ला गर्ने तयारी गरिएको उनले बताए।

    थप ४९ करोड बैंकबाट ऋण लिने आयोजनाले जनाएको छ। निलगिरि र घलेम्दीखोला दोभानबाट १५ सय मिटर सुरुङमा पानी ल्याएर घलेम्दी किनारमा निर्माण हुने पावरहाउसमा जोडिने छ। आयोजनाबाट प्राधिकरणले वार्षिक साढे १३ करोड रुपैयाँ बरावरको बिजुली किन्ने सम्झौता गरेको छ। बर्खायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा बिजुली बेच्ने सम्झौता छ।

    स्रोत: नागरिक