महँगोमा किनेको बिजुली नै धेरै चोरी

    1313

         भारतबाट महँगो मूल्य तिरेर आयात हुने अधिकांश बिजुली तराईका जिल्लामा वितरण हुन्छ, त्यहीँ  चोरी अत्यधिक

    भारतबाट महँगोमा किनेको बिजुली वितरण हुने क्षेत्रमा नै धेरै विद्युत् चोरी हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट प्रतियुनिट ९ देखि ११ रुपैयाँसम्ममा विद्युत् आयात गर्ने गरेको छ । यसमध्ये धेरै वितरण तराई क्षेत्रमा हुने गरेको छ ।

    नेपाल विद्युत् प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतका जिल्लाको औसत विद्युत् चुहावट ३७.७२ प्रतिशत छ । तर, जिल्लागत तथ्यांक हेर्दा केही जिल्लामा ६० प्रतिशतसम्म चुहावट हुने गरेको प्राधिकरणका एक अधिकारीले बताए । ‘त्यस क्षेत्रका केही जिल्लामा ६० प्रतिशतभन्दा धेरै चुहावट भेटिएको छ,’ स्रोतले भन्यो, ‘भारतबाट महँगोमा किनेको बिजुली त्यस क्षेत्रमा दिइएको छ, त्यहाँ नै चुहावट भएपछि प्राधिकरणको आम्दानी कसरी  बढ्न सक्छ ?’

    चालू आर्थिक वर्ष ०७३÷७४ को माघसम्ममा २२.५१ प्रतिशत चुहावट भएकोमा वितरण प्रणालीमार्फत हुने चुहावट १६.३१ प्रतिशत छ । वितरण प्रणालीमार्फत हुने चुहावटको ५० प्रतिशत हिस्सा विद्युत् चोरीले ओगट्छ । यस्तै प्रसारण लाइनतर्फको चुहावट ५.२५ प्रतिशत र उत्पादनतर्फको चुहावट ०.९५ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस क्षेत्रको विद्युत् चोरी ४९.५ प्रतिशत थियो ।

    जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत सप्तरी, सिराहा, धनुषा, महोत्तरीलगायतका जिल्लामा धेरै विद्युत् चुहावट हुने गरेको छ । त्यस क्षेत्रमा अत्यधिक हुकिङ तथा मिटर बिगार्नेलगायतका काम हुने गरेको प्राधिकरणले जनाएको छ । ‘दिनभरि सुख्खा देखिएको खेत रातभरिमा हिलो बनाइसक्छन्, अधिकांशले विद्युत् चोरेर नै काम

    नियन्त्रणको प्रयास भइरहेको छ

    प्रबल अधिकारी
    प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण

    बिगतको तुलनामा चुहावट घटेको छ । तर सन्तोष मान्ने ठाउँ छैन । विद्युत् चोरीले प्राधिकरणलाई नोक्सान भएको छ । विद्युत् प्राधिकरणले चुहावट नियन्त्रणका कार्यक्रम निर्ममतापूर्वक चलाउँछ । जहाँ विद्युत् चुहावट छ, त्यस्ता क्षेत्रमा विद्युत् आपूर्ति नै रोक्नेसम्मको उपाय प्राधिकरणले अपनाउँछ ।

    धेरै चोरी कहाँ कहाँ ?

    प्राधिकरणका अनुसार सबैभन्दा बढी विद्युत् चोरी जनकपुर क्षेत्रमा र त्यसपछि अत्तरियामा हुन्छ । यस्तै, नेपालगन्ज, विराटनगर, बुटवल, हेटौँडा र पोखरा धेरै चुहावट हुने क्षेत्र हुन् । आठवटा क्षेत्रीय कार्यालयमध्ये सबैभन्दा कम चुहावट काठमाडौंमा हुने गरेको प्राधिकरणले जनाएको छ । काठमाडौंको चुहावट ११ प्रतिशत छ ।गर्ने गरेका छन्,’ प्राधिकरण स्रोतले भन्यो, ‘के–के गरेर बत्ती चोर्न सकिन्छ, सबै उपाय त्यहाँ अपनाइन्छन् ।’

    बत्ती काट्न निर्देशन
    विद्युत् प्राधिकरणले धेरै चुहावट हुने क्षेत्रमा रातीको समयमा बत्ती काट्न निर्देशन दिइसकेको छ । अन्य क्षेत्रमा विद्युत्को खपत रातीको समयमा कम हुने भए पनि तराईका केही क्षेत्रमा उत्तिकै खपत हुने गरेकाले बत्ती काट्न निर्देशन दिइएको हो । चोरीको बत्तीमा पानीका ठूला मोटर तथा अन्य उपकरण सञ्चालन हुने गरेका छन् । ‘चोरी धेरै हुने क्षेत्रमा राती बत्ती काट्न भनिएको छ, सहरी क्षेत्रमा केही कमजस्तो देखिए पनि ग्रामीण बस्तीमा अत्यधिक चोरीले गर्दा त्यस क्षेत्रमा समस्या देखिएको छ,’ स्रोतले भन्यो, ‘व्यवस्थापन तहबाट कडा निर्देशन दिइएको छ, नियन्त्रण हुँदै जान्छ होला ।’

    स्रोत:नयाँपत्रीका