बजेट : नेपाल विद्युत प्राधिकरणलाई तीन टुक्रामा विभाजन गरियो, साउन देखि नै कार्यान्वयनमा आउने घोषणा

    1455

    आर्थिक वर्ष २०७३/७४ देखि नेपाल विद्युत प्राधिकरण विधिवत रुपमा तीन वटा निकायमा विभाजित हुने भएको छ । उत्पादन, वितरण र ट्रान्समिसन गरि प्राधिकरणलाई तीन वटा निकायमा विभाजन गर्न लागिएको हो ।

    अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा साउन देखि नै तीन फरक निकायबाट विद्युतको काम हुने घोषणा गरेका हुन् । ट्रान्समिसनसम्बन्धी निकाय यस अघि नै दर्ता भइसकेको छ ।
    दातृ निकायहरुले प्राधिकरणले हालको संरचनाबाट गरेको काममा असन्तुष्टि जनाएपछि दुई वर्ष अघिको बजेटमा संरचनागत सुधार गर्ने उल्लेख गरिएको थियो । त्यही बेला प्राधिकरणलाई तीन वटा निकायमा विभाजित गर्ने उल्लेख गरिएको थियो । यसलाई अनबण्डलिङ भनिएको थियो ।
    अर्थमन्त्रीले साउन देखि तीन निकायमा विभाजित हुने घोषणा गरेका हुन् ।