अपी पावरको हकप्रदलाई इक्राको ग्रेड ४ रेटिङ

    2421

    अपि पावर कम्पनी लिमिटेडले १ः२ को अनुपातमा निष्कासन गर्न लागेको हकप्रद शेयरका लागि इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको १ अर्ब चुक्ता पूँजी छ । आगामी परियोजनाका लागि २ अर्ब रुपैयाँ पूँजी पुर्‍याउने उद्देश्यले हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीको भनाइ छ ।

    कम्पनीले ७५ मेगावाटको त्रिशूली गल्छी जलविद्युत् आयोजना लागि सिद्धकाली पावर लिमिटेडअन्तर्गत ८० प्रतिशत लगानी गर्दै छ । कम्पनीले दार्चुला जिल्लामा आठ मेगावाटको माथिल्लो नौगढ गाड साना जलविद्युत् आयोजना पनि निर्माण गर्दैै छ । यसभन्दा अघि पनि कम्पनीले ८ दशमलव ५ मेगावाटको परियोजना सम्पन्न गरिसकेको छ ।