४५६ मेगावाटको माथिल्लो तामाकोसीको ८५ प्रतिशत काम सम्पन्न

    1158

    काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

    राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीको  काम हालसम्म ८४.५ प्रतिशत सकिएको अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार सुरुङको १ हजार ५ सय मिटर मात्र खन्न बाँकी छ । सुरुङको काम तीव्र गतिमा अघि बढेको छ । यस्तै बाँधलगायत प्रसारणलाइनको काम पनि तीव्र गतिमा अघि बढेको उनले जानकारी दिए । निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढेको न्यौपानेले बताए ।
    भूकम्प र नाकावन्दीले आयोजनाको काम झण्डै डेढ वर्ष अवरुद्ध भएको थियो । भूकम्पले बाँधस्थलसम्म पुग्ने पहँुच सडक भत्काएपछि ३६० मिटर लामो सुरुङ खनेर सुचारु भइसकेको छ ।
    तामाकोसीको पहिलो युनिट ०७५ को असारदेखि सञ्चालनमा आउनेछ । आयोजना, परामर्शदाता र ठेकेदारबीच आयोजना सम्पन्न गर्ने नयाँ संशोधित एकिकृत कार्यतालिका पनि तयार गरिएको छ । जसअनुसार ०७५ असारभित्र पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुनेछ ।

    ०७५ को पुसको दोस्रोसाता भित्र आयोजनाको ५ वटै युनिट सञ्चालनमा आई विद्युत उत्पादन थाल्ने लक्ष्य लिएको छ । यस्तै सोही वर्षको असारमा आयोजनाको सुरुङमा पानी भर्नुपर्नेछ ।
    भाग १ अन्तर्गत सिभिल ठेकेदार सिनो हाइड्रो कर्पोरेशनले आगामी जनवरीभित्र संशोधित कार्यतालिकालाई अन्तिम रुप दिनेछ ।

    यस्तै विद्युतगृह गोंगर–खिम्ती २२० केभी प्रसारणलाइनको संरचना निर्माणको काम २०१७ भित्र सम्पन्न हुनेछ ।

    स्रोत:बाह्रखरी