रसुवागढी र सान्जेनको विद्युत् खेर जाने त्रास हट्यो प्रसारण लाइन बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

    1443

     काठमडौं–  चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी, सान्जेनलगायतका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेपनि प्रसारण लाइन कहिले बन्ने हो भन्ने चिन्ताले आयोजनालाई सताइरहेको थियो ।

    आयोजना सम्पन्न भएर पनि विद्युत् खेर जाला भन्ने चिन्तामा रहेको रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले अब भने राहत महसुस गर्ने भएका छन् ।जग्गा प्राप्ति र मुआब्जाका कारण लामो समयदेखि विवाद र समस्यामा फस्दै आएको प्रसारण लाइन निर्माणको विषयमा आयोजना अन्तिम टुङ्गो लगाएको छ ।

     चिलिमेदेखि त्रिशुलीसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माणको जिम्मा एक चिनियाँ कम्पनीलाई दिइएको छ । आयोजनाकाअनुसार सबैभन्दा कम दर प्रस्ताव गर्ने चिनियाँ कम्पनी ले ठेक्का पाएको हो । सो कम्पनीले रु एक  अर्ब ६ करोड ८० लाखमा ठेक्का पाएको हो ।

    नेपाल विद्युत् प्राधिकरणकाअनुसार चिलिमे हव निर्माणको समबन्धमा लामो समयदेखि रहँदै आएको जग्गा प्राप्तिको विवाद समेत नयाँ कार्यकारी निर्देशकमा कुलमान घिसिङ आएपछि समाधान भएको हो ।

    कार्ययोजनाअनुसार पहिलो प्याकेजअनुसार चिलिमे हवदेखि त्रिशुली ३ बी हवसम्म २२० केभी प्रसारणलाइन निर्माणको गर्ने तयारी छ । सो  प्रसारणलाइन निर्माण भएपछि रसुवागढी, माथिल्लो सान्जेन र तल्लो सान्जेनलगायतका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

    रसुवागढी  १११ मेगावाट क्षमताको आयोजना हो भने माथिल्लो र तल्लो सान्जेनको क्षमता ५७ मेगावाट रहेको छ । यस्तै धादिङको आँखु खोलामा निर्माणकोा क्रममा रहेको माथिल्लो आँखुखोला र सुपर आँखुलोलाबाट उत्पादित विद्युत् समेत सोही प्रसारण त्रिशुली थ्री बी हवमा जोडिने छ ।

    रसुवामा हाल निर्माण र अध्ययनका क्रममा मात्रै एक दर्जन बढी आयोजना रहेका छन् ।चिलिमे हव प्रसारण लाइन निर्माणका लागि चिनियाँ कम्पनीको अलावा कलपतत्रु ट्रान्सिमिसन लाईन लिमिटेड र केईसी इन्टरनेसनल लिमिटेड पनि ठेक्का प्रक्रियामा सहभागी भएको प्राधिकरणको प्रसारण निदेृशनालयले जनाएको छ ।

    प्रसारण निर्देशनालयकाअनुसार कलपत्रु र केइसीले भन्दा  चिनियाँ कम्पनीले सस्तो दरमा ठेक्का प्रस्ताव गरेपछि उसलाई ठेक्का दिइएको हो । आगामी डेढ वर्षभित्र सो प्रसारण लाइन निर्माण गरिसक्नुपर्नेछ । रसुवागढी र सान्जेन जलविद्युत् आयोजना २०१८ को डिसेम्बरमा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

    त्यसमध्ये माथिल्लो सान्जेन आगामी असारमा नै सम्पन्न हुने छ । सो आयोजनाबाट उत्पादित १४ मेगावाट विद्यमान चिलिमे जलविद्युत् आयोजनाकै प्रसारण लाइनमा जोडिनेछ । सो प्रसारण लाइनबाछ सात मेगावाटम ात्रै पूवाह गर्न सकिने भएकाले सात मेगावाट विद्युत् निर्माण प्रयोजनलगायतका काममा खर्च हुने जनाइएको छ ।

     

    – अर्थ संसार