हिमालयन पावरको २१ लाख कित्ता आईपीओ सेबोनमा स्वीकृत

    1264

    जेठ १७, काठमाडौं (अस) । हिमालयन पावर पार्टनर लिमिटेडको २१ लाख ३० हजार ८ सय ३४ कित्ता आईपीओ जेठ १६ गते सेबोनमा स्वीकृत भएको छ । कम्पनीले यस अघि लमजुङ जिल्लाका वासिन्दाहरुको लागि १० लाख ६५ हजार ४ सय १७ कित्ता आईपिओ निष्कासन गरी बाँडफाँट गरेको थियो ।

    कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  यस कम्पनीको हालको चुक्ता पूँजी रू. ८५ करोड २३ लाख ३३ हजार रहेको छ । कम्पनीको आईपिओ जारी गरेपश्चात चुक्ता पूँजी रू. १ अर्ब ६ करोड पुग्ने छ । हिमालयन पावर कम्पनीले लमजुङ दोर्दी करिडोरमा २७ मेगावाटको जलविद्युत आयोजना निमार्ण शुरू गर्दैछ ।

    स्रोत:अभियान