हिताची विश्वमै सबैभन्दा ठूलो विद्युत प्रसारण कम्पनी हुने

    1811

    Dec 17, 2018

    टोकियो। जापानको  हिताची कम्पनीले ले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ ।

    हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो ।स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी गरेसँगै हिताची विश्वमै सबैभन्दा ठूलो विद्युत प्रसारण कम्पनी हुने बताएका छन् ।

    पछिल्लो योजना बमोजिम एबीबीको विद्युत प्रसारण युनिट सन् २०२० को शुरुमै हिताचीले ७०४ अर्ब जापानी येनमा खरिद गर्नेछ, अर्थात् उक्त युनिटको कूल पूँजीको ८० प्रतिशत हिस्सा हिताचीको हुनेछ । “हामीले बाँकी शेयर पनि खरिद गर्नेछौं, र उक्त युनिट पूरै हिताचीको स्वामित्वमा आउनेछ ।” कम्पनीका प्रवक्ताले बताए ।

    एबीबीको विद्युत प्रसारण युनिटले विश्वका धेरै देशमा विद्युत प्रसारण उपकरण र विद्युत कन्ट्रोल सिस्टम निर्माण एवं सञ्चालन गर्दछ ।

    पछिल्लो सम्झौताले हिताचीलाई राजश्वका दृष्टिले भारी विद्युतीय उपकरण निर्माणमा विश्वकै दोस्रो ठूलो कम्पनीका रुपमा स्थापित गर्नेछ । पहिलो स्थानमा जनरल इलेक्ट्रिक रहेको छ ।रासस