सोलु–दुधकोसी जलविद्युत आयोजनामा इटालीको सीएमसीसँग ठेक्का सम्झौता

    1593

    काठमाडौं । प्रस्तावित ८६ मेगावाट क्षमताको सोलुखोला–दुधकोशी जलविद्युत् आयोजना निर्माण सुरु हुने भएको छ ।
    आयोजनाको प्रवद्र्धक ठेक्का सम्झौता ले इटालीको निर्माण व्यवसायी कोअपरेटिभा मोरातोरीइ सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको छ । ठेक्का सम्झौता भएकाले आयोजनाको काम अघि बढ्न लागेको हो ।

    आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायतका संरचना निर्माणका लागि करबाहेक ६ अर्ब ९६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको कम्पनीका प्रवन्ध निर्देशक हिमप्रसाद पाठकले जानकारी दिए । निर्माण व्यवसायीले यही महिनाको अन्त्यमा आयोजना स्थल भ्रमणपछि आयोजनाको काम सुरु गर्ने उनले बताए ।

    स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेको सोलु–दुधकोसी सबैभन्दा ठुलो आयोजना हो । काम सुरु गरेको ४ वर्ष भित्र अर्थात सन् २०१९ सम्म आयोजना सम्पन्न हुनेछ ।

    आयोजनामा ११ बैंकले ८ अर्ब ६५ अर्ब रुपैयाँ लगानी सम्झौता गरिकेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एआईडीसीएल), राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, सेन्चुरी कर्मशियल बैंक, सानिमा बैंक, एनआईडीसीएल डेभलपमेन्ट बैंक, सनराइज बैंक, प्रभु बैंक र सिभिल बैंकले लगानीको सम्झौता गरेका हुन् ।
    आयोजना बनाउन  कुल ११ अर्ब ८६ करोड रुपैयाँ लाग्नेछ । यसमध्ये २७ प्रतिशत अर्थात ३ अर्ब २१ करोड रुपैयाँ प्रवद्र्धकले स्वपुँजीको रुपमा लगानी गर्दैछन्, बाँकी ७३ प्रतिशत बैंकको कर्जा लगानी हुने गरी सेयर संरचना तयार गरिएको छ ।

    पाठकका अनुसार आयोजना आर्थिक रुपमा आर्कषक देखिएकाले लगानीकर्ताले राम्रो प्रतिफल पाउने पाठकले जानकारी दिए । उनकाअनुसार आयोजनाको लगात प्रतिमेगावाट १३ करोड ७९ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक ५२ करोड ८ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

    नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) सम्झौता भएको छ । ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स), कम्पनी रजिष्टारको कार्यालय र वातावरण मन्त्रालयबाट अनुमतिपत्र लिइसकेको छ ।
    आयोजना सोलुखुम्बुको तिङला, कागेल, र पञ्चन गाविसमा पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली सोलुको लामानेदेखि सिरहाको मिर्चेयासम्म ९० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण हुदैछ । प्रसारणलाइन निर्माणमा भएको ढिलाइले सोलु करिडोरमा निर्माण हुन लागेका केही आयोजनाको काममा ढिलाइ हुन गएको हो ।
    आउदो ४ वर्षभित्र सोलु करिडोरमा निजी क्षेत्रबाट १९२ मेगावाट क्षमतामा ३ ठुला जलविद्युत आयोजना सम्पन्न हुने भएका छन् । ८६ मेगावाटको सोलु–दुधकोसीको अधिरित्त, ८२ मेगावाटको तल्लोसोलु, २३.५ मेगावाटको सोलु र १८ मेगावाटको माथिल्लो सोलु गरी आधादर्जन आयोजना निर्माण सुरु भएको छ ।

    स्रोत: बाह्रखरी