सुनकोसी २ र ३ को सम्भाव्यता अध्ययन गर्न कम्पनी छनोट

    1807

    काठमाडौं । सरकारले सुनकोसी २ र ३ जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्न ५ कम्पनी छनोट गरेको छ । विद्युत् विकास विभागले परामर्श सेवा र वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन गर्न आशयपत्र माग गरेको थियो । आशयपत्र पेश गर्नेमध्ये स्वदेशी तथा विदेशी गरी ११ कम्पनी छनोटमा परेका छन् । छनोटमा परेका कम्पनीले बोलपत्रमा भाग लिने पाउने छन् ।
    विभागले फिस्नर जीएमबीएच र सिल्ट कन्सल्ट, महावगोड्स इन्जिनियरिङ कन्सल्टिङ कम्पनी, चाइना ग्वाङसी इलेक्ट्रिक पावर डिजाइन इन्टिच्युट र जेड कन्सल्ट, संघाइ इन्भेष्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट लिमिटेड र इआरएमसी प्रालि, स्मेक इन्टरनेश्नल र हाइड्रो कन्सल्ट इन्जिनियरिङ, वापकोर्स इन्डिया लिमिटेड र जिओसी कन्सल्टलाई छनोट गरेको छ ।

    Source: Baahrakhari