साना विद्युत् आयोजनामा स्थानीय आकर्षित

    956

    लोडसेडिङको तालिका हेरेर दैनिकी बनाउनुपर्ने बाध्यता सहर र सुविधासम्पन्न भनिएका क्षेत्रमा कायमै छ । तर, पााचथरमा भने स्थानीयले साना जलविद्युत् निर्माण गरी आम्दानी स्रोत बढाउने अभियान चलाएका छन् ।

    टोल–टोलको संयुक्त प्रयास

    जिल्लाको ग्रामीण क्षेत्रका स्थानीय साना विद्युत् आयोजनामा आकर्षक देखिएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा टोल–टोल मिलेर साना आयोजना सञ्चालन गर्ने क्रम पछिल्लो १० वर्षमा बढेर गएको छ । त्यसको पछिल्लो उदाहरण दक्षिणी पााचथरको लिम्बा गाविस वडा–८ लाई लिन सकिन्छ । एउटै वडामा ६ वटासम्म आयोजना सञ्चालनमा छन् । त्यस क्षेत्रको सबैभन्दा पुरानो खोलाखर्क जलविद्युत् आयोजना हो । ०५१ मा स्थापना भएको आयोजना हालसम्म पनि नियमित सञ्चालनमा छ । ६ सय किलोवाट क्षमताको आयोजनाबाट स्थानीय ९ परिवारले विद्युत् सेवा लिइरहेका छन् ।

    केन्द्रीय प्रसारण सुविधा नभएका ठाउामा प्रभावकारी

    आयोजना सानै भए पनि विद्युत्का आधारभूत आवश्यकता पूरा गरेको स्थानीय सञ्जय राईले जानकारी दिए । उनले भने, ‘केन्द्रीय प्रसारणको विद्युत् तत्काल सम्भावना नभएका क्षेत्रमा यस्ता आयोजना उपयोगी देखिएका छन् ।’ सोही वडामा बााकी ५ आयोजना वर्षौंदेखि सञ्चालनमा छन् ।

    स्थानीयको साझेदारीमा लागत

    आयोजना निर्माण गर्दा लाग्ने लागत पनि स्थानीयको साझेदारीमै हुने गरेको छ । कति खर्च हुने हो, त्यसको मूल्यांकनपछि कति परिवारले बाल्ने उनीहरूलाई बराबर पर्ने गरी विभाजन गरिादै आएको छ । एकै वडामा रहेका सबै आयोजना २ किलोवाटभन्दा कम क्षमताका छन् । एउटा आयोजनाले बढीमा २५ परिवारलाई बत्ती बाल्न, टिभी हेर्न र अन्य सामान्य कामका लागि प्रयोग हुने गरेको छ । ठूलठूला उद्योग खोल्न नभए पनि दैनिक जीवन सहज बनाउन यस्ता आयोजनाले सहयोग गरेको स्थानीय बताउाछन् ।

    एकै वडामा भएका आयोजना 

    लिम्बाको ८ नम्बर वडामा मात्रै ६ आयोजना छन् । त्यसमध्येको खोलाखर्क गाउामा रहेको खोलाखर्क जलविद्युत् आयोजना सबैभन्दा पुरानो हो । त्यसबाहेक बिब्ल्यााटे गाउामा रहेको खड्कुडे जलविद्युत् आयोजना १५ सय किलोवाट क्षमताको हो । त्यसबाट २४ परिवारले सेवा लिइरहेका छन् ।
    गैरीगाउामा रहेको खडकुडे जलविद्युत् आयोजना–२ ले ११ परिवारलाई सेवा दिइरहेको छ । ६ सय ५० किलोवाट क्षमताको आयोजना निर्माणका लागि करिब २ लाख रुपैयाा खर्च भएको थियो । होमेबरछाया जलविद्युत् आयोजनाबाट २६ परिवारलाई सविधा पुगेको छ ।
    २ किलोवाट क्षमताको आयोजनाका लागि पनि करिब २ लाख रुपैयाा खर्च भएको छ । भाङटार गाउामा रहेको पिङटार जलविद्युत् आयोजना एक दशमलव ५ किलोवाट क्षमताको हो । आयोजनाले स्थानीय २० परिवारलाई सेवा दिइरहेको छ ।
    शान्तिचोकमा रहेको शेरेङखम्बा जलविद्युत् आयोजना १ दशमलव ५ किलोवाट क्षमताको छ । २० परिवारले आयोजनाबाट लाभ लिइरहेका छन् ।

    लागत कम
    साना आयोजना निर्माणका लागि लागत कम लाग्ने गरेको स्थानीयले बताएका छन् । बढीमा २ लाख रुपैयाा भए विद्युत् बाल्न सकिने भएकाले पनि साना आयोजनामा ग्रामीण क्षेत्रका स्थानीयको आकर्षण बढ्दै गएको छ ।

    शुल्क नतिरी सेवा उपभोग

    आयोजनाको विद्युत् प्रयोगबापत उपभोक्तालाई मासिक शुल्क तिर्नुपर्दैन । आयोजनामा कुनै समस्या आयो भने सबै मिलेर मर्मतका लागि रकम निकाल्छन् । स्थानीय विराज राईले भने, ‘यसले समाजमा साझेदारीको भावनासमेत विस्तार गरेको छ । ६ वटा आयोजना निर्माणका लागि बढीमा १५ लाख खर्च भएको थियो । राष्ट्रिय प्रसारणको लाइन पुग्न नसकेका ग्रामीण बस्तीमा यस्ता आयोजना फलदायी बन्दै गएका छन् ।’

    नयाँ पत्रिका