वर्षाले विद्युत प्रसारण, सव स्टेसन तथा बितरण प्रणालीमा करौडौंको क्षति

    1745

    काठमाडौ÷दुईतीन दिन देखि पूर्व तथा मध्य नेपालमा भइरहेको अविरल वर्षले विद्युत प्रसारण लाइन, सब स्टेसन तथा बितरण प्रणाली लगायतका संरचनामा करौडौ क्षति पुगेको छ । विद्युतका संरचनामा क्षति पुगेकाले पूर्वाञ्चलका सबै जिल्लामा विद्युत आपूर्ति हुन नसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बाढीले विद्युतका संरचनामा करौडौं रुपैयाँको क्षति पुर्याएको बताए । ‘विद्युतका कारणले मानवीय क्षति त भएको छैन, तर हाम्रो संरचनामा ठूलो क्षति पुगेको छ’,उनले भने,‘प्राधिकरणको सम्पूर्ण टिम समस्यालाई समाधान गरी छिट्टो विद्युत आपूर्ति सुचारु गर्न तदारुकताका साथ लागिरहेको छ ।’

    बाढी क्षेत्रमा सञ्चालकको कमाण्ड

    ऊर्जा मन्त्रालय बाढी क्षेत्रमा पुगेको क्षति यकिन गर्न ४ जना सञ्चालको नेतृत्वमा टोली खटाएको छ ‘पूर्व, पश्चिम, मध्य पश्चिम र सुदूर पश्चिम सञ्चालनको नेतृत्वमा कमाण्ड फोर्स परिचालन गरिएको छ’, मन्त्री शाहीले भने,‘ पूर्वमा सञ्चालक चेतराज जोशी,मध्यमा उमेशप्रसाद थानी, पश्चिममा चन्द्र टण्डन र मध्यपश्चिम तथा सुदूरपश्चिममा भक्तबहादुर पुनेको कमाण्डमा टोली फार्स परिचालन भएको छ ।’

    काठमाडौंमा समस्या छैन ः कुलमान

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमालन घिसिङले काठमाडौं उपत्यकमा विद्युत आपूर्तिको कुनै समस्या नरहेको बताएका छन् । ‘तराईका क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न तत्काल गर्न सक्ने ठाउँमा काम गरिरहेका छौं। दुहवीको सव स्टेसन डुवानमा परेकाले समस्या भइरहेको छ’,उनले भने,‘काठमाडौं उपत्यकमा विद्युत आपूर्तिको कुनै समस्या छैन, लाइन काटिएको छैन ।’ उनले ढल्केबर मुजफ्फरपुरबाट विद्युत ल्याउन समस्या भइरहेको बताए । ‘टेक अर पे सर्त रहेकाले त्यहाँबाट विद्युत ल्याउनै पर्ने बाध्यता हामीलाई छ, एक दिन ल्याउन सकेनौ भने एक करोड २० लाख रुपैयाँ घाटा हुन्छ’, घिसिङले भने,‘बाढीको जानकारी भारतीय पक्षलाई गराइसकेका छौं, अझै ल्याउन सक्ने अवस्था भयो भने पुनः जानकारी गराउन पत्रचार गर्ने छौं ।’ उनले जलमग्न भएकाले प्रणाली सुचारु गर्न सम्बन्धित ठाउँमा पुग्न नसकिएको बताए ।

    यस्तो छ क्षति

    क्षति पुगेका मुख्य १३२ र ६६ के,भी. लाइन तथा सवस्टेशन

    • दमक-गोधक खण्डको १३२ के.भीकोलाइन अन्तरगत चुलाचुलीमा रहेको टावर न. १७बाढीको कारण ढलेको |
    • हेटौडा सब स्टेशन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक ६६ के.भी. टावर पल्टिन लागेकोले सो६६ के.भी.औघोगिक फिडर सर्किट न.१,२बन्द गरिएकको |
    • दुहवी सब-स्टेशन, दमकसब-स्टेशन, अनारमनी सव-स्टेशन जलमग्न भएको हुँदा २७ गते बिहान ७:३० बाटपूर्ण रुपमा बन्द भएको |
    • चपुर- पथलैया१३२ के.भी. सर्किट न.२, २७ गते राति ९:३८ बजे देखि चालु हुन नसकेको|
    • ढल्केबर-चपुर १३२ के.भी. सर्किट न.१, २७ गते दिउसो ४:१८ बजे देखि चालु हुन नसकेको|
    • बालाजु-त्रिशुली ६६ के.भी. सर्किट न.१र २, २७ गते राति ९:५८ बजे देखि चालु हुन नसकेको|
    • नयाँ संरचनामा रक्सौल-परवानीपुर १३२ के.भी.को भलुहीमाटावरन.१७/० र १६/०मा बाढीले बेस खनेको |

    १३२के.भी./३३ के.भी. सव स्टेशन फिडर ट्रिपिंग अवस्था

    • लहान सव स्टेशन अन्तरगत रुपनीरलोकल फिडर बाहेक सम्पूर्ण ३३ के.भी. तथा ११ के.भी. बन्द रहेको जस अन्तरगत ३६ मेगावाटलोड मध्ये २ मेगावाट मात्रै खपत भैरहेको|
    • ढल्केबरसव स्टेशन अन्तर्गतको जनकपुर फिडर बाहेक सम्पूर्णफिडर बन्द रहेको जसबाट३५ मेगावाटलोड मध्ये१मेगावाट मात्रै खपत भैरहेको|
    • चपुर सव स्टेशन अन्तर्गत हरसाहा ३३ के.भी. तथालोकल फिडरहरुचार्ज भएको साथै गौर, हरिपुर तथा निजगड ३३ के.भी. लाइनमा फल्ट रहेको हुँदा ३२ मेगावाट लोड हुने सव स्टेशनमा जम्मा १.५ मेगावाट खपत भएको|
      • हरिपुर ३३/११ के.भी. स/स मा १ फिट पानी रहेको |
      • गौर नजिक ३३ के.भी.फिडरको २ थान पोल बाढीले बगाएको |
    • परवानीपुर सब स्टेशन अन्तर्गतगण्डक र हिमाल फिडरहरुमा समस्या आएको |
    • बिरगंज सब स्टेशन अन्तर्गत ४ ओटा फिडर नलागेको अवस्थामा २० मेगावाट मध्ये ७ मेगावाट मात्रै खपतभैरहेको|
    • सिमरा सव स्टेशनमा जमिन देखि १ मिटर माथि पानि आएको हुँदा २८ गते राति १२ बजेबाट बन्द रहेको|
    • हेटौडासब स्टेशन अन्तर्गतको लोकल फिडर बाहेक अन्य कुनै पनि फिडर चालु न रहेको जसको कारणले १२ मेगावाटमा २ मेगावाट मात्रै खपत भईरहेको|
    • भरतपुर सव स्टेशन र पर्सा सब स्टेशन पूर्ण रुपमा जल मग्न रहेको, भरतपुर स.स.अन्तर्गत गैडाकोटफिडर बाट ४० मेगावाटमा २ मेगावाट मात्रै चालु रहेको|
    • शिवपुर सव स्टेशन अन्तर्गत ११ के.भी. शिवपुर फिडर र बहादुरगंज फिडर बन्द अवस्थामा रहेको|
    • कोहलपुर सव स्टेशन अन्तर्गत राजा फिडर बाहेक सम्पूर्ण बन्द अवस्थामा, ४० मेगावटमा २ मेगावाट मात्रै प्रयोग भईरहेको|

    जलविधुत गृहको अवस्था र ट्रिपिंग विवरण

    धेरै सवस्टेशनतथा फिडर बन्द अवस्थामा रहेको हुँदा जलविधुत गृहको क्षमता उत्पादन भन्दा धेरै कम उत्पादनभै रहेको छ|

    • कालीगण्डकी ए (१४४ मेगावाट) : मात्र१०० मेगावाट
    • मध्य मर्स्याङ्दी(७० मेगावाट): मात्र २५ मेगावाट
    • मर्स्याङ्दी (६९मेगावट): मात्र ३२ मेगावाट
    • बालाजु त्रिशुली ६६ के.भी. सर्किट ट्रिपिंग भएकालेचिलिमेर त्रिशुली ७-७ मेगावट र देबिघाट ५ मेगावाट मात्र उत्पादन गरिरहेको
    • गण्डक पावरहाउस बाढीको कारणले विहान ५:२२ देखि बन्द अवस्थामा रहेको |

     विधुत आयातको अवस्था

    • ढल्केबर – मुजफरपुरबाट लिनुपर्ने १०० मेगावाट पावर मध्य लोड नभएको कारणले ७ मेगावाट देखि ३३ मेगावाट मात्र लिन सकेको अवस्था रहेको |
    • विहारबाट हुने सम्पूर्ण आयात बन्द गरिएको छ|
    • टनकपुरबाट हुनेआयात पनि बन्द गरिएको छ |

    काठमान्डू उपत्यका भित्रकोलोड ट्रिपिंग समस्या

    • स्युचाटार सव स्टेशन बाट स्वयम्भु ११ के.भी फिडर अर्थ फल्टको कारणले बिहान ४ देखि ७ सम्म बन्द रहेको थियो|
    • बानेश्वर सव स्टेशन अन्तर्गतकोलुभु ११ के.भी. फिडर लाकुरी भन्ज्याङ्ग नजिक तार खसेको कारणले फिडर अर्थ फल्टको कारणले ४ देखि ७ सम्म बन्द रहेको थियो |
    • पाटन सव स्टेशन अन्तर्गतको चापागाउँ ११ के.भी. टिका भैरवनजिक भुइमा तार खसेको कारणले फिडरअर्थ फल्टको कारणले ३:१० देखि ८:१५ सम्म बन्द रहको थियो |
    • पुरानो चावहिल सव स्टेशन अन्तर्गत ११ के.भी. जोरपाटी फिडर अर्थ फल्टको कारणले ट्रीप भएकोछ|