लोडसेडिङ घटाउने व्यवस्था मिलाउन निर्देशन

    2545

    loadshedingकाठमाडौंः सरकारले गत वर्ष तयार भएको विद्युत्भारकटौती न्यूनीकरण कार्ययोजना अनुरुप नै विद्युत्भार कटौती न्यूनीकरण हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई समन्वयात्मक रुपमा कार्य गर्न निर्देशन दिने निर्णय गरेको छ ।

    सरकारका मुख्यसचिव डा। सोमलाल सुवेदीको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले निर्णय गरेको हो । बैठकले गत आव दुई सय मेगावाट विधुत् उत्पादन गर्ने विद्युत्भार कटौती न्यूनीकरण कार्ययोजनाको लक्ष्य रहेकोमा हालसम्म ८६ मेगावाट मात्र उत्पादन भएको पाइएकाले आगामी असार मसान्तभित्र कम्तीमा दुई सय मेगावाट विधुत् उत्पादन कार्य सम्पन्न गर्नेगरी कार्य गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

    यो बर्ष हिउँदयाममा हुनसक्ने विद्युत्भार कटौतीलाई मध्यनजरगर्दै विद्युत्भार कटौती न्यूनीकरण गर्न विभिन्न वैकल्पिक उपायहरु अवलम्बन गरी विद्युत्भार कटौती न्यून गर्ने व्यवस्था उर्जा मन्त्रालयले मिलाउने निर्णय समेत बैठकले गरेको छ ।

    दीर्घकालीनरुपमा जलविद्युत् उत्पदन, प्रशारण र वितरण प्रणालीलाई अनुमान योग्य र प्रभावकारी बनाउन नेपाल सरकार, निजी क्षेत्रलगायतबाट उत्पादन हुनसक्ने जलविद्युत्को उत्पादन क्षमता, आवश्यक पर्ने जनशक्ति र अन्य स्रोत साधनको आँकलन गर्न उर्जा मन्त्रालयले यथाशीघ्र विस्तृत अध्ययन विश्लेषण गर्ने निर्णय बैठकले गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एव्म सहायक प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उर्जा मन्त्रालय, वन तथा भूसंरक्षण मन्त्रालयका सचिव, जनसंख्या तथा वातावरण मन्त्रालयका निमित्त सचिव र नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशकको उपस्थिति थियो ।

    काठमाडौंः सरकारले गत वर्ष तयार भएको विद्युत्भार कटौती न्यूनीकरण कार्ययोजना अनुरुप नै विद्युत्भार कटौती न्यूनीकरण हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई समन्वयात्मक रुपमा कार्य गर्न निर्देशन दिने निर्णय गरेको छ ।

    सरकारका मुख्यसचिव डा। सोमलाल सुवेदीको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले निर्णय गरेको हो । बैठकले गत आव दुई सय मेगावाट विधुत् उत्पादन गर्ने विद्युत्भार कटौती न्यूनीकरण कार्ययोजनाको लक्ष्य रहेकोमा हालसम्म ८६ मेगावाट मात्र उत्पादन भएको पाइएकाले आगामी असार मसान्तभित्र कम्तीमा दुई सय मेगावाट विधुत् उत्पादन कार्य सम्पन्न गर्नेगरी कार्य गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

    यो बर्ष हिउँदयाममा हुनसक्ने विद्युत्भार कटौतीलाई मध्यनजरगर्दै विद्युत्भार कटौती न्यूनीकरण गर्न विभिन्न वैकल्पिक उपायहरु अवलम्बन गरी विद्युत्भार कटौती न्यून गर्ने व्यवस्था उर्जा मन्त्रालयलेमिलाउने निर्णय समेत बैठकले गरेको छ ।

    दीर्घकालीनरुपमा जलविद्युत् उत्पदन, प्रशारण र वितरण प्रणालीलाई अनुमान योग्य र प्रभावकारी बनाउन नेपाल सरकार, निजी क्षेत्रलगायतबाट उत्पादन हुनसक्ने जलविद्युत्को उत्पादन क्षमता, आवश्यक पर्ने जनशक्ति र अन्य स्रोत साधनको आँकलन गर्न उर्जा मन्त्रालयले यथाशीघ्र विस्तृत अध्ययन विश्लेषण गर्ने निर्णय बैठकले गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एव्म सहायक प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उर्जा मन्त्रालय, वन तथा भूसंरक्षण मन्त्रालयका सचिव, जनसंख्या तथा वातावरण मन्त्रालयका निमित्त सचिव र नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशकको उपस्थिति थियो ।

    स्रोत : कारोबार