लिखु ४ जलविद्युत आयोजना को वित्तिय व्यवस्थापन

    3651

    ग्रीन भेन्चर्स प्रा. लि. बाट प्रवर्धित लिखु ४ जलविद्युत आयोजना (५२.४ मे. वा.) को वित्तिय व्यवस्थापन (Financial Closure) आज मिति २०७४ मङ्सिर २९ गते सम्पन भएको छ l
    आयोजना को वित्तिय व्यवस्थापन Laxmi Bank, Global IME Bank एवं Nabil Bank को आगुवाई मा जम्मा सात ओटा बैंक सम्मीलित Consortium बाट कुल 7.62 Billion Nepalese Rupees लगानी भएको हो l सो लगानी सम्झौता यस कम्पनि का Chairman श्री सुभाष चन्द्र संघाई एवं अन्य सातै वटा बैंक का प्रतिनिधि मार्फत संयुक्त रुपमा हस्ताIfर भएको छ l आयोजना का प्रबर्द्धक को रुपमा नेपाल का प्रतिष्ठित व्यापारिक समूह त्रिवेणी ग्रुप एवं विशाल ग्रुप रहेको छ l


    आयोजना को कुल लागत 10.16 Billion Nepalese Rupees रहेको छ l जस मध्ये 75% Debt र 25% Equity portion रहेको छ l Nabil Bank द्वारा 1.42 Billion, Laxmi Bank एवं Global IME Bank द्वारा क्रमश 1.25 Billion र SBI एवं Sunrise Bank द्वारा क्रमश 1 Billion र Prabhu Bank एवं Sanima Bank द्वारा क्रमश 850 Million लगानी गरिएको छ l आयोजना को बिद्युत खरिद सम्झौता (Power Purchase Agreement) नेपाल बिद्युत प्राधिकरण संग २०७३/०३/२५ मा सम्पन भएको हो l आयोजना को व्यlपारिक उत्पादन (Required Commercial Operation Date) गर्नु पर्ने मिति २०७७ आश्विन ३० गते रहेको छ l आयोजना वाट उत्पादित उर्जा 220 kV Double Circuit Transmission Line वाट नेपाल बिद्युत प्राधिकरण को खिम्ती Substation मा जोडिने छ l Transmission Line को कुल लम्बाई १८ कि मि हुनेछ l यस लिखु ४ जलविद्युत आयोजना को निर्माण स्थल रामेछाप, ओखल मा पर्दछ l