माथिल्लो मर्स्याङ्दी ‘ए’ सुचारु

    2426

    चैत्र १, २०७३- मर्मतसम्भारमा रहेको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुवै टर्बाइन सञ्चालनमा आएका छन् ।

    आयोजनाका २५/२५ मेगावाटका दुई टर्बाइनमध्ये मर्मतको क्रममा युनिट १ बाट एक महिनासम्म विद्युत् उत्पादन बन्द थियो । आयोजनाले हाई भोल्टेजका कारण क्षति पुगेकामा मर्मत भई २९ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको जनाएको छ । नदीमा पानीको अभावले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको हो ।

    आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले प्राविधिक समस्या समाधान भएपछि युनिट १ बाट गत सातादेखि विद्युत् उत्पादन सुचारु भएको बताए ।

    विद्युत् प्रसारण लाइनमा आएको हाई भोल्टेजका कारण ‘हाई भोल्टेज प्यानल ब्रेकर’ जल्दा युनिट १ बाट फागुन पहिलो सातादेखि विद्युत् उत्पादन रोकिएको थियो । हाई भोल्टेजका कारण जलेको ‘ब्रेकर’ चीनबाट ‘एअर लिफ्ट’ गरी ल्याएर जडान गरिएको हो ।

    स्रोत::कान्तिपुर