मर्स्याङ्दी करिडोरमा प्रसारणलाइन निर्माणमा ढिलाइ

    2382

    दोर्दीखोलामा निर्माणाधीन ११२ मेगावाट क्षमताका ४ आयोजना प्रभावित हुने 

    नेपाल विद्युत् प्राधिकरणले मस्र्याङदी करिडोरमा प्रसारणलाइनको काम सुरु नगर्दा लमजुङको दोर्दीखोला करिडोरमा निर्माणाधीन ४ जलविद्युत् आयोजना प्रभावित हुने अवस्था आएको छ ।
    मस्र्याङदी नदीको सहायक दोर्दीखोलामा निजी लगानीमा ११२ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । प्रवद्र्धकले आगामी ३ वर्षसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि विद्युत् प्राधिकरणले लम्जुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म ७५ किलोमिटर लामो २२० केभी प्रसारणलाइनको काम नै सुरु नभएकाले आयोजना प्रभावित हुने अवस्था आएको हो । प्रसारणलाइन अनिश्चित भएपछि आयोजना निर्माण पनि प्रभावित हुन थालेका छन् ।
    दोर्दीखोलामा पिपल्स हाइड्रोपावरले ४९.६ मेगावाटको सुपरदोर्दीखोला,  हिमालयन पावर पाटर्नर लिमिटेडले २७ मेगावाटको दोर्दी, लिवर्टी इनर्जीले २५ मेगावाट र सीइडीबी हाइड्रो फन्ड लिमिटेडले ११ मेगावाटको दोर्दीखोला आयोजना निर्माण गरिरहेका छन् । प्रवद्र्धकले आयोजनाको पंहुचमार्गलगायत अन्य संरचनाको निर्माण गरिरहेका छन् । आयोजनाका प्रवद्र्धकले आवश्यक लगानी समेत जुटाइसकेका छन् ।
    आयोजना निर्माणसँगै प्रसारणलाइनको काम पनि एकसाथ अघि बढ्नु पर्नेमा प्राधिकरणले ढिलाइ गरिरहेको पिपल्स हाइड्रोपावरका प्रवन्ध निर्देशक केशबबहादुर रायमाझी बताउँछन् । प्रसारणलाइन अनिश्चित भएका कारण सुपरदोर्दी आयोनजाको काम ढिलाइ गरेको उनले जानकारी दिए । “दोर्दीखोला करिडोरमा आयोजनाको काम धेरै अघि बढीसक्यो तर विद्युत प्राधिकरणले प्रसारणलाइन बनाउने कामनै सुरु गरेको छैन” रायमाझीले भने “प्रसारणलाइनको काममा भएको ढिलाइले आयोजनाको कामको गती पनि सुस्त गर्नुपर्ने अवस्था आएको छ ।”
    प्राधिकरणले आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरेको छ ।  प्रसारणलाइन आयोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण हुने बताइएको छ । दोर्दी करिडोर मात्र नभई अन्य करिडोरमा विद्युत प्राधिकरणले प्रसारणलाइन बनाउन ढिलाइ गर्दै आएको छ । सुपरदोर्दी आयोजना आउदो ०७६ मा सम्पन्न गर्ने उनले जानकारी दिए ।  सुपरदोर्दी नदीको वहावमा आधारित (रन अफ दी रिभर) आयोजना हो । यसबाट वार्षिक २८ करोड ९४ लाख ६४ हजार युनिट बिजुली मात्र बिक्री गर्नेछ । नविल बैंकको अगुवाइमा ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी हुँदैछ । ३० प्रतिशत प्रवद्र्धकको स्वपुँजी र बाँकी ७० प्रतिशत बैंकको ऋण लगानी हुनेछ ।

    स्रोत : १२ खरी