भारतबाट आउने बिजुली सुचारु, नेपालमा पनि उत्पादन ६० मेगावाट बढ्यो

    1182

    काठमाडौं । शुक्रबार राति भारतको मुजफ्फरपुरमा परेको चट्याङका कारण अवरुद्ध बनेको प्रसारणलाईन शनिबार बेलुकादेखि सुचारु भएको छ ।
    भारतको मजुफ्फरपुमा परेको ठूलो चट्याङका कारण प्रसारणलाईनमा क्षति पुगेपछि १४५ मेगावाट बिजुली आपूर्ति बन्द भएको थियो ।

    क्षति पुगेको प्रसारणलाईनको मर्मत गरेपछि शनिबार बेलुकादेखि नेपाल आउने बिजुली सुचारु भएको हो ।

    यसैबीच शुक्रबार विहानदेखि मुलुकभर भएको वर्षाले नदीमा जल प्रवाह बढेपछि विद्युत् उत्पादन ६० मेगावाट थप भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

    वर्षातले कालीगण्डकी र मर्स्याङ्दीमा १ मिटरसम्म पानीको सतह बढेपछि विद्युत उत्पादनमा सुधार आएको हो ।  कुलेखानीको जलस्तर पनि ८ सेन्टिमिटर बढेको उनले जानकारी दिए ।

    स्रोत: बाह्रखरी