‘बूढीगण्डकी आयोजना निर्माणमा भट्टराईको अवरोध’

    2422

    कात्तिक २४, गोरखा । गोरखा र धादिङको सिमानामा बन्नलागेको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अवरोध सृजना गरेको माओवादी केन्द्र गोरखाले आरोप लगाएको छ ।

    केही दिनअघि भट्टराईले डुबान क्षेत्रको मुआब्जा ३ गुणा बढाउनुपर्ने अभिव्यक्ति दिनुमा योजना बिथोल्ने रणनीति भएको केन्द्रको आरोप छ । बुधवार प्रेस सेन्टर गोरखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरि अधिकारीले आयोजना प्रभावितलाई मुआब्जाको बारेमा भट्टराईले अनावश्यक भ्रम सृजना गरी आयोजना बिथोल्न खोजेको आरोप लगाएका छन् । अन्तरराष्ट्रिय ग्राण्ड डिजाइनमा आयोजना बिथोल्न खोजिएको वा भूमाफियाको पञ्जामा परेर भट्टराईले अनावश्यक अभिव्यक्ति दिँदै आयोजना निर्माणमा अवरोध पु र्‍याउन खोजेको अधिकारीले आरोप लगाएका छन् ।

    अभियान