सहिद-वेपत्ता परिवारलाई तामाकोशीमा ५ लाखको शेयरः प्रचण्ड

    1689

    ७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिद तथा वेपत्ता परिवारलाई तामाकोशी जलविद्यतु आयोजनामा ५ लाख बराबरको शेयर दिइने दाबी गरेका छन् ।

    वेपत्ता स्मृति दिवसको अबसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘मेरो पहिलो क्याविनेटबाट १० लाख दिने निर्णय भएको थियो । अहिले त्यसलाई बजेटमा पुरा गराउँछौं ।’

    उनका अनुसार जेठ १५ मा आउने बजेटबाट यसलाईर् सम्बोधन गरिनेछ । साथै घाइते तथा अपाङ्गको भत्ता बढाइने भन्दै उनले सत्य निरुपण र वेपत्ता आयोगले गर्ने बाहेक शान्ति प्रक्रियाका बाँकी विषय सम्बोधन हुने बताए ।

    स्रोत : online khabar