बिजुलीमा तेल तथा ग्यासभन्दा धेरै लगानी

    1250

    न्यूयोर्क (अमेरिका) । सन् २०१४ र १६ को बीचमा विद्युत् क्षेत्रमा भएको लगानी १३ प्रतिशतले बढेर ४३ प्रतिशतमा पुगेको अन्तरराष्ट्रिय ऊर्जा संस्था (आईईए)ले एक प्रतिवेदनमा उल्लेख गरेको छ । जैविक इन्धन अब ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी पाउने क्षेत्र नभएको बताउँदै आईईएले यस्तो उल्लेख गरेको हो । बिजुली क्षेत्रमा भएको लगानी पहिलोपटक उचाइमा पुगेको प्रतिवेदनले देखाएको छ । सन् २०१४ र १६ को बीचमा तेल तथा ग्यास क्षेत्रमा भने लगानी ४४ प्रतिशतले घटेको छ ।

    तेल तथा ग्यास क्षेत्रको पूँजीगत लागतमा आएको कमीका साथै ड्रिलिङमा भएको कटौती र जैविक इन्धनको ऊर्जा क्षमतामा आएको कमीका कारण तेल तथा ग्यासमा भएको विश्वव्यापी लगानी घटेको आईईएले बताएको छ । यसबीच चीन ऊर्जा लगानीको सबैभन्दा ठूलो प्राप्तिकर्ता बन्न सफल भएको छ । विश्वमा ऊर्जा क्षेत्रमा भएको कुल लगानीको २१ प्रतिशत भाग चीनले ओगटेको तथ्याङ्क छ । उता सन् २०१५ देखि १६ मा भारतको ऊर्जा लगानी ७ प्रतिशतले बढेको पाइएको छ । भारत विश्वव्यापी ऊर्जा मामिलामा केन्द्रीय स्तरमा अघि बढ्दै गरेको विश्लेषण गरिएको छ । ऊर्जा क्षेत्रमा हाल लगानी घटेको भए पनि यो वर्ष भने क्षेत्रको लगानी ६ प्रतिशतले बढ्ने र वृद्घिको गति पुनः प्राप्त हुनेमा आईईए विश्वस्त देखिएको छ । एजेन्सी

    स्रोत:अभियान