प्रेस विज्ञप्ती : माथिल्लो कालंगागाड तथा कांलगा गाड जलविद्युत आयोेजनाहरुको ऋण सम्झौता सम्पन्न ।

    1651

    सानीगाड हाइड्रो प्रा लि ले प्रवद्र्धन गर्न लागेको ३८.४६ मे.वा. क्षमताको माथिल्लो कालंगागाड जलविद्युत अयोजना र कालंगा हाईड्रो प्रा .लि ले प्रवद्र्धन गर्न लागेको १५.३३ मे.वा. क्षमताको कालंगा गाड जलविद्युत अयोजनाको आज मिति २०७३ भाद्र २० गते ( तद् अनुसार ५ सेप्टेम्वर,२०१६) का दिन आयोजना निर्माणको लागि विभिन्न वैक तथा वित्तिय संस्थाहरुसंग ऋण सम्झौता सम्पन्न भएको छ ।

    यी दुवै जलविद्युत आयोजनाका प्रवद्र्धकहरु एकै भएपनि दुईवटा कम्पनी मार्फत निर्माण सम्पन्न गरिने आयोजनाहरुमा ३८.४६ मे.वा. माथिल्लो कालंगागाड आयोजनाको लागि माछापुच्छ«े बैक लि. को अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक लि., नेपाल बैंक लि., एन.सी.सी बैंक लि., सनराईज बैंक लि., जनता बैंक लि., कुमारी बैंक लि. र सिभिल बैंक लि. वाट रु.४७४ करोड ऋण लगानी हुने भएको छ । उक्त ऋण सम्झौतामा कम्पनीका तर्फवाट अध्यक्ष श्री उमेश श्रेष्ठ तथा ऋण लगानी गर्ने बैकहरुको तर्फवाट अगुवा बैक माछापुच्छे बैक लि.का प्रमुख कार्यकारी अधिकृत श्री तुलसीराम गौतमले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी १५.३३ मे.वा.क्षमताको कालंगा गाड जलविद्युत आयोजनाको लागि एनएमबी बैंक लि. को अगुवाईमा एन.आई.सी एशिया बैंक लि., सिभिल बैंक लि., जनता बैंक लि., देव ः विकास बैंक लि. र ज्योति विकास बैंक लि. वाट रु. २१० करोड लगानी हुने भएको छ । उक्त ऋण सम्झौतामा कम्पनीका तर्फवाट अध्यक्ष श्री उमेश श्रेष्ठ तथा ऋण लगानी गर्ने बैकहरुको तर्फवाट अगुवा बैक एनएमवि बैक लि.का श्री नविन मानन्धर,प्रमुख,ऋण व्यापार ( Head ,Credit Business ) ले हस्ताक्षर गर्नुभएको छ ।

    यी दुवै आयोजनाका लागि बैंकहरुको तर्फवाट आयोजनाको कुल लागतको ७५ प्रतिशत रकम लगानी हुनेछ भने शेयरधनीहरुको तर्फवाट २५ प्रतिशत ले हुन आउने रकम लगानी हुनेछ । दुवै आयोजनाहरुका कम्पनीहरुलाई पव्लिक कम्पनी बनाई आइ पि ओ मार्फत स्थानीय र सर्वसाधारणहरुका लागि शेयर जारी गरिनेछ । उपरो क्त आयोजनाहरु बझाङ जिल्लाको दहवगर, खिरातडी, सुनकुडा र बा“झ गा.वि.स मा पर्दछन् । यी आयोजनाहरु वाहेक अन्य दुई आयोजनाहरु पनि उपरोक्त कम्पनीहरुद्धारा कालगांगाड खोलामा निर्माण हुन गईरहेकाछन् ।

    आयोजनाहरु निर्माणका लागि सरकारी निकायहरु उर्जा मन्त्रालय, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, वातावरण मन्त्रालय, उद्योग विभाग तथा कम्पनी रजिष्ट्रारको कार्यालयवाट लिनुपर्ने अनुमति तथा ईजाजतपत्रहरु लिने कार्य सम्पन्न गरी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (Detailed Project Report) को काम माथिल्लो कालंगागाड जलविद्युत आयोजना (३८.४६ मे.वा.) को लागि सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रा.लि.ले र कालंगागाड जलविद्युत आयोजना ( १५.३३ मे.वा.) को लागि एन्जल इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि.ले सम्पन्न गरिसकेका छन । कम्पनीले आयोजनाको लागि पह“ुच मार्ग ,स्थलगत कार्यालय निर्माण तथा आयोजना निर्माणका लागि आवश्यक विद्युत लाईन विस्तारको काम गत वर्षदेखि नै दु्रत गतिमा भईरहेको छ भने आवश्यक पर्ने जग्गा खरिदको कामसमेत सम्पन्न गरिसकेको छ। 

    यी आयोजनाहरुको मुख्य निर्माण कार्य आगामी महिना देखि शुरु गर्ने गरी क्रमश चार वर्षभित्र माथिल्लो कालंगागाड र तीन बर्षभित्र कालंगा गाड जल विद्युत आयोजना सम्पन्न गर्ने लक्ष्य लिईएकोछ । यसवाट उत्पादित बिजुली कम्पनीवाट निर्माण गरिने विजगडा सव स्टेसन हुदै २५ कि.मी लामो १३२ के.भी. को प्रशारण लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको बलांच सवस्टेसनवाट राष्ट्रिय प्रशारण लाईनमा जोडिनेछ ।

    आयोजनाको संक्षिप्त विवरण

    Kaligagard

    उक्त आयोजनाहरुको संस्थापक लगानी कर्ताहरु विभिन्न पेशा व्यावसायमा संलग्न सफल उद्यमीहरु श्री उमेश श्रेष्ठ, श्री राजेश श्रेष्ठ, श्री शिव प्रसाद धिमिरे, श्री खगेश्वर वोहरा, श्री तिर्थराज चटौत तथा श्री विरेन्द्र बहादुर मल्लहरु रहेकाछन ।

    उल्लेखित आयोजनाहरु निर्माण सम्पन्न भएपछि बझाङ जिल्ला एवम् सुदूरपश्चिमाञ्चलको समग्र विकासको लागी कोशेढुङ्गा सावित हुनेछ । आयोजनाहरुलाई हालको अवस्थामा पु¥याउन सहयोग गर्नुहुने सरकारी निकाय ,स्थानीय जनता, राजनीतिक दल एवम् सर्वसाधारणप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा समेत यस आयोजनालाई विशेष गरी सुदूरपश्चिमाञ्चलबासीले अपनत्व महसूस गरी आयोजनाको प्रवद्र्धनका लागि अग्रणी भूमिका निर्वाह गरिदिनु हुनेछ भन्ने विश्वास लिईएको छ ।

    मि ः २०७३/०५/२०

    सानीगाड हाइड्रो प्रा. लि.  कालगा हाईड्रो प्रा .लि
    थापाथली, काठमाडौं

    माथिल्लो कालंगागाड जल विद्युत आयोजना (३८.४६ मे.वा. ) कालंगा गाड जलविद्युत आयोजना (१५.३३ मे.वा.)