नदी संरक्षण गर्न जल र स्थल ¥याली

    2695

    जोगिमारा (धादिङ), ११ मंसिर – मानवीय र प्राकृतिक कारणले नेपालका जलसम्पदा जोखिममा पर्न थालेपछि सरोकारवालहरू संरक्षण गर्न आन्दोलित भएका छन् । नदी अतिक्रमण, प्रदूषित तथा विनाश गर्न मानिसहरू सक्रिया भएकोे भन्दै नदी संरक्षण नीति ल्याउन सरकारलाई दबाब दिन सोमबार जल र स्थल ¥याली गरिएको छ ।
    नेपालका भएका करिब ६ हजार नदीनालाहरूमध्ये अधिकांश ठूला नदीहरू पर्यटकीय हिसाबले र अन्य खोलाहरू वातावरणीय हिसाबले महŒवपूर्ण मानिन्छ । ती नदी तथा खोला संरक्षण गर्न नीति आवश्यक र संरक्षण गर्न सचेतनासमेत आवश्यक भएकाले धादिङ जोगिमारा गाविस खतौटीदेखि चितवनको दारेचोक फिस्लिङसम्म त्रिशूलीमा  सयभन्दा बढी कायक र पन्ध्रभन्दा बढी बोटमा स्वदेशी तथा विदेशीहरूले ¥याली प्रदर्शन गरे । फिस्लिङमा आधा घण्टा पृथ्वीराजमार्गमा  कायक र बोटसहित स्थल ¥याली प्रदर्शन गरिएको थियो । ¥यालीलाई सम्बोधन गर्र्दै त्रिशूली बचाउ साझा सञ्जालका संयोजक उत्तम कँडेलले जलप्रेमी एकजुट भई नदी तथा खोला संरक्षणमा जुट्न ढिला हुन लागेकाले नदी संरक्षणमा लाग्न आह्वान गरे ।
    राष्ट्रिय नदी संंरक्षण ट्रस नेपालका अध्यक्ष तथा नेपाल ¥याफ्टिङ एसोसिएसनका महासचिव मेघ आलेले ‘नदी संरक्षण गरौं, देहको गौरव बढाऔं’ भन्दै पाँचबँुदे माग प्रस्तुत गरेका छन् । नदीलाई उपयुक्तताको आधारमा वर्गीकरण, व्यवस्थापन, संरक्षण र एकीकृत दिगो विकासको लागि नदी नीति निमार्ण गर्नुपर्ने, कोसी, गण्डकी, कर्णाली जलाधारक्षेत्रमा एक–एकवटा नदीहरूमा बाँध नबनाई खुला रूपमा बग्ने नीति अवलम्बन गरी संरक्षित क्षेत्र कायम गरिनुपर्ने माग मुख्य छन् । त्यस्तै गरी पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएका भोटेकोसी र त्रिशूली नदी तथा नदी खण्डहरूलाई जलपर्यटन प्रयोजनका लागि बिनाअवरोध उपयोग गर्ने व्यवस्था हुनुपर्ने, नदीमा ढल तथा फोहोर विर्सजन गर्ने कार्य अन्त्य गरिनुपर्ने, डोजर तथा स्क्याभेटर प्रयोग गरी ढुंगा, बालुवा, गिट्टी निकासीमा रोक लगाउनुपर्ने माग ¥यालीमार्फत उठाइएको छ । नदीहरूमा सञ्चालन भईरहेका पर्यटन (¥याफ्टिङ र कायाकिङ) व्यवस्थित गर्दै विश्वमा नेपालको जलपर्यटनलाई प्रमुख गन्तव्य बनाई प्रर्वद्धन गर्न जलयात्रा जानकारी केन्द्र व्यवस्थापन गर्नुपर्ने माग पनि आलेले राखे । ¥यालीमा नेपाल, अमेरिका, स्वीजरल्यान्ड, आइसल्यान्ड, डेनमार्क, क्यानाडा, फ्रान्स, बेलायतलगायतका २० देशका करिब १ सय ५० जनाको सहभागिता थियो ।

    प्रस्तुति: कारोवार