दूधकोसी ४ जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज

    1299
    ऊर्जा मन्त्रालयले ३ सय ५० मेगावाटको दूधकोसी ४ जलविद्युत् आयोजनाको अनुमतिपत्र पनि खारेज गरेको छ । आयोजनाको प्रवद्र्धक रहेको भारतीय कम्पनी केभीआर इन्डिया इन्फ्रा भेन्चरले आवश्यक कागजपत्र पेस नगरेको भन्दै अनुमतिपत्र खारेज गरेको हो ।
    विभागले दूधकोसी ४ का लागि भारतीय कम्पनी केभीआरलाई २०६७ वैशाख १६ गते सर्वेक्षण अनुमतिपत्र दिएको थियो । उसले सर्वेक्षणपछि उत्पादन अनुमतिपत्रका लागि निवेदन दिए पनि आवश्यक प्रक्रिया पूरा नगरेपछि रद्द गरिएको हो ।
    विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका २०७३ ले १५ दिनभित्र आवश्यक कागजपत्र पेस गर्न नसक्ने प्रवद्र्धकको अनुमतिपत्र खारेज गर्न सकिने व्यवस्था गरेको छ ।
    स्रोत:कान्तिपुर