दुई जलविद्युत् अन्तिम चरणमा

    2013

    कार्तिक ३, २०७४-यहाँ निर्माणाधीन दुई वटा ठूला जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आउँदो मंसिरदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।

    याङवरक र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमावर्ती कावेली खोलाबाट २५ मेगावाटको काबेली ‘बि–१’ जलबिद्युत आयोजना र फिदिम नगरपालिका र हिलिहाङ गाउापालिकाको भारपाको सिमाना हेवाखोलाबाट २१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना अन्तिम चरणको निर्माण कार्य भइरहेको प्रवद्र्धक कम्पनीले जनाएका छन् ।

    अरुण कावेली इनर्जी लिमिटेडको चार अर्व रुपैंयाँ लगानीमा दुई वर्षदेखि निर्माणाधीन कावेली ‘बी–१’ जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माण कार्य पूरा भइसकेको आयोजना प्रमूख इन्जिनियर हस्तमान राईले बताए ।

    कावेली र इवाखोला दोभानमा बाँध निर्माण गरी याङवरक गाउँपालिकाको थर्पूदेखि हिलिहाङ गाउँपालिकाको नागीमा पर्ने मेची राजमार्गको गणेशचोकदेखि ८ किलोमिटर तल दाहालगाउँको पिपलटारसम्म ५ किलोमिटर पेन्सटक (फालामे) पाइपलाइन विस्तार, विद्युत्गृह निर्माण भइसकेको छ । विद्युत् गृहमा टर्वाइन, जेनेरेटर, गवर्नर लगायत आवश्वयक उपकरण जडान पूरा भएपछि विद्युत् उत्पादन सुरु हुने राईले बताए ।

    हिलिहाङ गाउँपालिकाको भारपा र फिदिम नगरपालिकाको सिमाना हेवा खोलाबाट निर्माणाधीन २१ किलोवाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाले ८० प्रतिशत निर्माण कार्य पूरा गरेको जनाएको छ । गत साउनमा हेवाखोला र फेमेखोलाबाट आएको बाढी आयोजनाको सुरुङभित्र प्रवेश गरेर आयोजनाको उपकरणसहित सर्बसाधारणको खेतबारी बगाएपछि निर्माण कार्यमा बाधा भएकोले केही समय ढिलो हुने सम्भावना रहेको आयोजनाका जनसम्पर्क अधिकृत श्याम अधिकारीले बताए ।

    माउन्टेन हाइड्रोनेपाल प्रालिद्वारा प्रवद्र्धित चार अर्व रुपैयाँ लगानीमा निर्माणाधीन हेवाखोला जलविद्युत् आयोजनाले ५ हजार ४ सय मिटर सुरुङमार्ग, मुहानमा बााध र विद्युत्गृह निर्माण गरिसकेको कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक सिताराम तिमिल्सिनाले बताए । हेवाखोला जलविद्युत् आयोजनाले विद्युत् गृहमा टर्वाइन, जेनेरेटर, गवर्नर, उपकरण जडान लगायत अन्तिम चरणको निर्माण कार्य भइरहेको जनाएको छ ।

    यी दुइवटा आयोजना पूरा भएपछि पााचथरमा निजी क्षेत्रबाट विद्युत् उतपादन क्षमता ६२ मेगावाट पुग्ने छ । पाँचथर पावर कम्पनीले गतवर्ष फागुनदेखि १५ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजना संचालनमा ल्याएको छ । यसअघि याङनाम र नाङगीनको सीमा फेमेखोलाबाट विके हाइड्रो्पावर कम्पनीले ९ सय ९५ किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरी उपभोक्तालाई वितरण गरिसकेको छ ।

    सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले सबैभन्दा पहिले ०३८ मा दुई वटा साना जलविद्युत् आयोजनाबाट करिब २ सय ५० किलोवाट क्षमताको विद्युत् उत्पादन गरी सदरमुकाम फिदिम बजारमा वितरण गरेको थियो ।

    पााचथरमा नवनिर्मित विद्युत् आयोजनाहरू संचालनमा आएपनि निर्माणाधीन १३२ केभि कावेली करिडोर प्रशारण आयोजना पूरा नभएसम्म राष्ट्रिय प्रशारणलाइनमा समावेश गर्न सकिदैन ।

    पाँचथरमा विद्युत् प्राधिकरणले ३३ केभि प्रशारण लाइन मात्र विस्तार गरेको छ । कावेली करिडोर १३२ केभि प्रशारण लाइन आयोजना पूरा नभएसम्म निजी क्षेत्रकाट उत्पादित तल्लो हेवाखोला र कावेली बी–१ जलविद्युत् अयाोजना खेर जाने छन् ।

    आउदो माघमा ताप्लेजुङ र पाँचथरको सीमा इवाखोलाबाट समेत अर्को रैराङ हाइड्रोपावर कम्पनीले ९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आउदो माघमा निर्माण पूरा गर्ने जनाएको छ । इवाखोला जलविद्युत् आयोजना ६० प्रतिशत निर्माण पूरा भइसकेको प्रवन्ध निर्देशक कुवेरमणि नेपालले बताए ।

    स्रोत : कान्तिपुर