त्रिशूली–३ ‘बी’ निर्माण गर्न ठेक्का सम्झौता

    1210

    त्रिशूली जलविद्युत्नु कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना निर्माण गर्न ठेक्का सम्झौता भएको छ । चीनको सिचुवान हाइड्रोलिक एन्ड हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङ कम्पनीसँग  (Sichuan Hydraulic and Hydroelectric Engineering Co. Ltd.)सोमबार ( 12 Feb /माघ २९ गते) सम्झौता भएको हो । इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्सट्रक्सन (EPC) प्रणाली अनुसार ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा त्रिशूली जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतम र चिनियाँ कम्पनीका तर्फबाट काओ सेङपिङले हस्ताक्षर गरे ।

    कम्पनीले आयोजनाको प्रसारण लाइनबाहेक सिभिल, इलेक्ट्रो तथा हाइड्रो मेकानिकल निर्माण, मेसिनरी आपूर्ति र जडानको काम गर्नेछ । चिनियाँ कम्पनीसँग १ अर्ब ९१ करोड ४६ लाख १९ हजार ४ सय ७२ रुपैयाँ (३ करोड १८ लाख ४७ हजार ८ सय ३८ अमेरिकी डलर) मा पूरा गर्ने गरी सम्झौता भएको छ । यो रकम मूल्य अभिवृद्धि करसहित हो । आयोजना माथिल्लो ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को क्यासकेडको रूपमा निर्माण हुनेछ । आयोजनाबाट वार्षिक हिउँदमा करिब १३४.८८ गिगावाट घन्टा र बर्खामा १५७.७० गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । गत भदौ ६ गते नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो । आयोजना निर्माण गर्ने प्राधिकरणको सहायक कम्पनी हो । यसमा नेपाल टेलिकमको पनि स्वपुँजी लगानी छ । माथिल्लो त्रिशूली– ३ ‘ए’ मा स्थानीयले सेयर मागे निर्माणमा समस्या उत्पन्न भएको थियो । पछि यसैको क्यासकेडको रूपमा ३ ‘बी’ निर्माण गर्ने र यसमा सेयर उपलब्ध गराउने प्राधिकरणले प्रतिबद्धता जनाएको थियो । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी त्रिशूली–३ ‘बी’ हबमा जोडिनेछ । प्रसारण लाइन निर्माण भइरहेको छ ।

    press briefing