SAARC Seminar on Role of Private Sector in Regional Power Trade

    1458

    A two-day seminar  organized on 26-27 September 2013 at The Grand Hotel, New Delhi by the SAARC Energy Center (SEC) with the cooperation of the Independent Power Producers Association of India (IPPAI), which was aim to bring both the government as well as the private sector players on a common platform to be able to deliberate the role of private sector as well as on issues pertaining to the structure of the SAARC Grid, cross border power trade, regulatory issues, operational and settlement issues as well as the power markets in the region.

    saarc-energy-seminar

     

    सार्कमा खुला विद्युत व्यापार गर्न जोड

    १७ असोज, काठमाडौं । दक्षिण एसियामा विद्युतको अन्तरदेशीय व्यापारलाई सहजीकरण गर्ने उदेश्यले नयाँ दिल्लीमा सार्क सेमिनार सम्पन्न भएको छ । सार्क इनर्जी सेन्टरले भारतीय स्वतन्त्र ऊर्जा उत्पादक संघको सहयोगमा यो साताको सुरुमा दुई दिने सेमिनार आयोजना गरेको हो ।

    सार्क क्षेत्रमा विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने, उत्पादित विद्युत दोस्रो मुलुकमा बिक्री गर्ने, विद्युत आदान प्रदान गर्ने जस्ता कार्यमा रहेका नीतिगत र व्यावहारिक समस्यालाई हल गर्ने विषयमा छलफल भएको थियो ।

    एक मुलुकबाट अर्को मुलुकमा बिनाअवरोध विद्युत बिक्री गर्न पाउनुपर्ने, तेस्रो मुलुकमा पुग्न मार्गको पहुँच हुनुपर्ने विषयमा सरकारी अधिकारी, विज्ञ र निजी लगानीकर्ताहरुले जोड दिएका थिए ।

    सार्क इनर्जी सेन्टरका निर्देशक हिलाल ए राजाले अन्तर सरकारी ऊर्जा सहकार्य सम्झौता गर्नुपर्ने बताए । उक्त सम्झौताले अवरोधरहित क्रस बोर्डर व्यापार, भेदरहित खुला पहुँच र व्यापारिक हिसाबले ऊर्जा कारोबार समेट्नेछ ।

    भारतको ऊर्जा मन्त्रालयका सचिव देबेन्द्र चौधरीले भारतलाई ठूलो मात्रामा ऊर्जा चाहिएको बताए । आफूहरुलाई औचित्वपूर्ण दीर्घकालीन पीपिए दरमा बिजुली चाहिएको उनको भनाइ थियो ।

    ‘हामी बिद्युत किन्न तयार छौं तर, वास्तविक परिमाणको विद्युतसहित बिक्रेता आउनुपर्छ’, उनले भने, ‘दुवैलाई विनविन मोडालिटी भएमा हामी ठूलो परिमाणमा बिजुली किन्न तयार छौं ।’ उनले राम्रो वित्तीय व्यवस्थापनको लागि दीर्घकालीन पीपीए गर्नुपर्ने बताए ।

    सार्क मुलुकका प्रतिनिधिलाई भारतीय सचिवले विद्युत उत्पादन र प्रसारण सहकार्यमा सँगै आउन र विद्युतलाई वस्तुको रुपमा आर्थिक आदानप्रदानको मुख्य प्राथमिकतामा राख्न आह्वान गरे ।

    कार्यक्रममा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटा र इपानका अध्यक्ष सुवणदास श्रेष्ठले नेपालमा ऊर्जाको माग र भारतसँग विद्युत आदानप्रदान तथा खरिदबिक्रीका सम्बन्धमा भएका प्रयासबारे संयुक्त रुपमा प्रस्तुति गर्नुभएको थियो ।

    Source : Online Khabar