जलविद्युत् आयोजना निर्माणमा सकारात्मक सोच आवश्यक

    2245

    पुस २१ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको छ । तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा १२ मुलुकको सहभागिता रहने र ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पो आयोजना गर्नुको उद्देश्य, आवश्यकता, प्रदर्शनीमा हुने सहभागिता लगायत विषयमा नागरिकका विष्णु बेल्वासेले एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका प्रबन्ध निर्देशक विजयसागर प्रधानसँग गरिएको कुराकानीको सम्पादित अंश ः

    हिमालयन हाइड्रो एक्स्पो आयोजनाको आवश्यकता किन प¥यो ?
    नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने यस्तो एक्स्पोमा जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणबारे जानकारी एकै थलोबाट लिन सकिने छ । यस्तो एक्स्पो नेपालमा पहिलोपटक गर्न लागिएको हो । जलविद्युत् सम्मेलन भएका थिए । तर, अहिले गर्न लागिएको जस्तो एक्स्पो योभन्दा अगाडि भएका थिएनन् ।

    जलविद्युत् सम्मेलन र एक्स्पोमा के भिन्नता छ ?
    जलविद्युत् सम्मेलनमा आयोजना निर्माण गर्ने मात्र सहभागिता हुने गरेका थिए । तर, एक्स्पोमा जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनी, सामान उत्पादक कम्पनी, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्त कम्पनी, सम्बन्धित विषय पढाइ हुने कजेजका विद्यार्थी लगायतको सहभागिता हुने छ । एक्स्पोमा जो कोही पनि सहभागी हुन पाउने छन् भने सम्मेलनमा सीमित व्यक्तिले मात्र सहभागिता जनाउछन् ।

    एक्स्पोका लागि कुनै नारा तय गर्नु भएको छ कि ?
    त्यस्तो ठ्याकै यही नारा भन्ने त छैन । तर, ऊर्जाको समृद्धिका लागि एक्स्पो भनेका छौं ।

    एक्स्पोमा के कस्ता सामग्री प्रदर्शनी हुँदै छन् ?
    स्वदेशमा जलविद्युत्सँग सम्बन्धित सामग्री छैनन् । काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीले आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइने छ । नेपालमा श्रम र सेवा मात्रै छ । विदेशीले मात्र एक्स्पोमा सामग्री देखाउने हुन् । हामीले ती सामग्री हेरेर ज्ञान लिने हो । जलविद्युत् आयोजनाका लागि नभई नहुने टर्बाइन पनि विदेशमा नै बन्ने हो । आयोजना प्रवद्र्धकले कुन सामान कुन देशको हो, कति मूल्यमा पाइन्छ भन्ने जस्ता विषयमा जानकारी लिन सक्ने छन् । एउटै प्लेटफर्ममा सबै सामानबारे जानकारी हुने भएकाले यो एक्स्पो सबैका लागि लाभदायी छ ।
    नेपालमा ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ भन्ने छ । जलविद्युत् क्षेत्रमा यहाँ प्रसस्त सम्भावना छ । विदेशी कम्पनी पनि नेपालमा बिजुली निकाल्ने प्रसस्त सम्भावना देखेर नै यहाँ लगानी गर्नदेखि सामान बिक्री गर्न आउने गरेका छन् । नेपालमा ऊर्जाको भविश्य उज्ज्वल छ । एक्स्पोमा हामीले देखाउने भन्दा पनि विदेशीले नयाँ प्रविधि देखाउने र हामीले हेर्ने हो ।

    विदेशमा गएर हेर्नुपर्ने वस्तु अहिले नेपालमै हेर्न पाइन्छ भन्न खोज्नु भएको हो ?
    हो, ठूलो रकम खर्च गरेर विदेशमा गएर हेर्ने वस्तु अहिले बिना खर्च एक्स्पोमा हेर्न पाइनेछ । पहिला विदेश गएर ज्ञान लिनुपर्ने जलविद्युत् अयोजनाका लागि आवश्यक पर्ने सामग्री अहिले नेपालमै हेर्न पाइने छ । पहिलेभन्दा अहिले ठ्याक्कै उल्टो परिस्थिति आएको छ । पहिले हेर्न विदेश जानु पथ्र्यो । अहिले देखाउन विदेशी नेपालमा आउन थालेका छन् ।

    नेपालको पानीप्रति विदेशीको मोह बढ्दै छ ?
    अहिलेसम्म ६६ जलविद्युत् आयोजना मात्र निर्माण भएका छन् । अझै ठूलो संख्यामा जलविद्युत् आयोजना निर्माण गर्न बाँकी नै छन् । अहिले सरकारी (प्राधिकरण) र निजी क्षेत्रले आयोजना निर्माण गरिरहेका छन् । यही महिनादेखि प्राधिकरणले भन्दा निजी क्षेत्रले बढी बिजुली उत्पादन गर्न थालेका छन् । सरकारले उचित वातावरण बनाइदिए आयोजना निर्माण गर्न स्रोत र साधानको कमी हुने छैन ।
    तपाईंलाई आयोजना निर्माण गरेको धेरै अनुभव छ । आयोजना निर्माणमा के कस्ता अवरोध छन् ?
    इच्छा शक्तिको कमी छ । सकारात्मक तरिकाले सोच्नेको कमी छ । गुल्मीमा पाँच मेगावाटको रुरु आयोजना निर्माण ग¥यो । निर्धारित समयअघि नै आयोजना बनाउन सक्यो । त्यसैको हौसलाले अहिले ८६ मेगावाटको सोलु निर्माण गर्दैछौं । उक्त आयोजनामा १० हजारभन्दा बढी व्यक्तिको लगानी छ । निजी क्षेत्रले आयोजना निर्माण गर्दै छन् । प्राधिकरणले पनि आयोजना निर्माण गर्दै छ ।

    जलविद्युत् आयोजनामा सरकारी कर्मचारी, विदेशमा रहेका नेपाली, स्वदेशमा रहेका नागरिकले लगानी गर्न सक्छन् । पैसा छैन भनेर बस्नुपर्ने अवस्था छैन । सरकारले उचित वातारण बनाइ दियो भने लगानी अभाव हुँदैन् । सरकारले २०७१ सम्म सम्पन्न हुने आयोजनालाई सहुलियत दिने निर्णय गरेको थियो । तर, त्यो सुविधा दिने काम भएन । सरकारले गरेका निर्णय कार्यान्वयनमा आउने हो भने अझै प्रवद्र्धक उत्साहित हुने थिए । सरकारले वन, बाटो र प्रसारण लाइन निर्माणको व्यवस्था गरिदिनु पर्छ ।

    आयोजना निर्माणमा गरेको लगानीको प्रतिफल नगन्य छ भनिन्छ नि ?
    आयोजना निर्माण गरेपछि प्रतिफल आउन थाल्छ । यस्तो प्रतिफल ३० वर्षसम्म पाउने हो । केही जोखिम भएपनि लगानीको प्रतिफल बढ्दै जान्छ । त्यसैले प्रतिफल नआउने होइन । बैंकको चर्को ब्याजले अलि समस्या परेको हो । अन्य क्षेत्रमा बैंकले सात–आठ प्रतिशत ब्याजमा लगानी गर्छन् भने जलविद्युत्मा १३ प्रतिशत लिने गरेका छन् । दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने हो भने साच्चिकै आयोजना निर्माण हुने थिए ।

    पुनः एक्स्पोतिर नै जाऔं । कुन कुन देशबाट एक्स्पोमा सहभागी हुँदै छन् ?
    एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्विडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता रहने छ । करिब ५० प्रतिशत स्टल विदेशी कम्पनीका लागि राखिएको छ ।

    इटलीको सिएमसी, जर्मनीको भोइथ, भारतको क्रिस्टल, फ्लोभेल तथा बिएफएल, बुल्गेरियाको भ्यापटेक, चेक रिपब्लिकाको मावेल, चीनको पावरचाइना र सिएसइसी जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी हुने छन् । दर्जनौं विदेशी कम्पनीको सहभागिता रहने भएकाले नेपालको जलविद्युत्को बजार विस्तारका साथै अनुभव आदानप्रदान गर्न एक्स्पोले महŒवपूर्ण योगदान पु¥याउने छ । सात वर्षमा १७ हजार मेगावाट विद्युत्् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पु¥याउने छ ।

    एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा सेमिनार समेत सञ्चालन हुनेछन् । पहिलो दिन पुस २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन बैंकिङ तथा बिमा र अन्तिम दिन हाइड्रोपावर सम्बन्धी सेमिनार सञ्चालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरकफरक विषयमा ६ वटाभन्दा बढी सेमिनार सञ्चालन गरिने छ ।
    यसैगरी हाइड्रोपावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रोपावर सम्बन्धी नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइने छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ ।

    एक्स्पोलाई कुन कुन संस्थाले सहयोग गर्ने भएका छन् ?
    एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । त्यस्तै नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसियसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् ।

    नेपाल टनेलिङ एसोसियसन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग वाणिज्य संंघ, नेपाल युरोपियन चेम्बर अफ कमर्स एवं स्वदेशी तथा विदेशी कम्पनीको पनि एक्स्पोलाई सहयोग रहेको छ । एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एन्ड एयर लजिस्टिक प्रालि र एनएमबि बैंक लिमिटेड रहेका छन् ।

    -नागरिक