तामाकोसी-५ र बुढीगंगाको निर्माण थालिने

    2338

    काठमाडौ, असार १५ –
    bgसरकारले आगामी आर्थिक वर्ष १ सय ७ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सुरु गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष ८७ मेगावाटको तामाकोसी-५ र २० मेगावाट क्षमताको बुढीगंगा आयोजनाको निर्माण थाल्नेछ ।

    सरकारले आउँदो बजेटमै यी आयोजना निर्माण थाल्ने घोषणा गर्ने ऊर्जा मन्त्रालयका सहसचिव श्रीरञ्जन लाकोलले बताए । तामाकोसी-५ आपmनै स्रोतमा र बुढीगंगा आयोजना सहुलियतपूर्ण ऋण सहयोगमा अघि बढाउन लागेको हो । सरकारको आगामी बजेटको ‘एक मन्त्रालय ः एक योजना’ को नीतिअनुरूप ऊर्जाले तामाकोसी-५ लाई रोजेको जानकारी विद्युत् विकास विभागका एक अधिकारीले दिए ।

    तामाकोसी-५ दोलखामा पर्ने माथिल्लो तामाकोसीकै क्यास्केट आयोजना हो । माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत्् उत्पादन गरेपछि टनेलबाट झर्ने पानीलाई सोझै नयाँ टनेल बनाएर तामाकोसी-५ जलविद्युत्् आयोजना निर्माण गरिनेछ । नदीमा बाँध र पानी थेग्य्राउने पोखरीको निर्माण गर्नु नपर्ने भएकाले यो आयोजनाको लागत सस्तो पर्नेछ । माथिल्लो तामाकोसीको बालुवा थेगि्रएको पानी नै प्रयोग हुने भएकाले उक्त आयोजनामा पानी थेग्य्राउने पोखरी निर्माण गर्नुनपर्ने भएको हो ।

    सम्भाव्यता अध्ययनअनुसार तामाकोसी-५ को लागत करिब १४ अर्ब रुपैयाँ पर्नेछ । पाँच वर्षमा उक्त आयोजना निर्माण गरिसक्ने लक्ष्य ऊर्जाको छ । यो माथिल्लो तामाकोसीजस्तै पिकिङ रन अफ रिभर -हिउँदयाममा जलाशयमा पानी जम्मा गरेर दिनहुँ बढी

    लोडसेडिङ हुने बेला पूर्ण क्षमतामा विद्युत्् उत्पादन गर्न सकिने) आयोजना हो ।

    यसबाट वषर्ायामको पाँच महिना चौबीसै घन्टा ८७ मेगावाट र अरू बेला ६ देखि ८ घन्टा ८७ मेगावाट नै बिजुली उत्पादन हुने जानकारी ऊर्जाका अधिकारीले दिए । ती अधिकारीका अनुसार उक्त आयोजनाको विस्तृत अध्ययन कार्य छिट्टै सकेर आगामी आर्थिक वर्ष नै टेन्डर आह््वान गरी निर्माण सुरु गरिनेछ ।

    सरकारले अछामस्थित बुढीगंगा जलविद्यु्त् आयोजना भने कुबेती फन्ड र साउदी फन्डको सहुलियतपूर्ण ऋणमा निर्माण सुरु गर्न लागेको हो । ५ करोड ५० लाख डलर डलर -सवा ५ अर्ब रुपैयाँ) लागत लाग्ने अनुमान गरिएको उक्त आयोजना विकास गर्न कुबेती फन्डले १८ मिलियन डलर सहयोग दिने सम्झौता भइसकेको छ । साउदी फन्डसमेत २ करोड डलर सहयोग गर्न सकारात्मक छ । उसले ऋण सम्झौता गर्न छिट्टै आउने प्रतिबद्धता व्यक्त गरेको जानकारी विद्युत्् विकास विभागका अधिकारीले दिए । बाँकी नपुग रकम सरकारंले बेहोर्नेछ ।

    चार वर्षमा निर्माण सम्पन्न हुने बुढीगंगाले वार्षर्िक १० करोड ६२ लाख युनिट बिजुली उत्पादन गर्नेछ । आयोजनाका लागि जम्मा तीन किलोमिटर मात्र प्रवेशमार्ग बनाउनुपर्ने भए पनि लागत भने निकै महँगो छ । बुढीगंगाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड््न ८८ किलोमिटर लामो प्रसारण्ा लाइन निर्माण्ा गर्नुपर्ने भएकाले आयोजनाको लागत महँगो परेको जानकारी ती अधिकारीले दिए । नेपालका जलविद्युत्् आयोजनाको प्रतिमेगावाट औसत उत्पादन लागत १५ करोड भए पनि यसका लागि २१ करोड रुपैयाँ पर्ने ऊर्जाका अधिकारीले दिए । मुलुकको सन्तुलित विकासका लागि महँगो आयोजना भए पनि पछाडि परेको मध्यपश्चिमको विकासका लागि सरकारले यो आयोजना निर्माण गर्न लागेको हो ।

    यी दुई आयोजना सुरु भएपछि सरकारबाट निर्माणाधीन आयोजना पाँचवटा पुग्नेछन्् । सरकारले हाल सुदूरपश्चिममा ३० मेगावाटको चमेलिया, पश्चिमाञ्चलमा ३२ मेगावाटको राहुघाट र १४ मेगावाटको कुलेखानी ते्रस्रो आयोजना निर्माण गरिरहेको छ ।

    © eKantipur

    —————————————————————————————————————————————————————————————————————————

     

    KATHMANDU, JUN 30 –

    The government plans to start construction of two hydropower projects with a collective capacity of 107 MW from the next fiscal year. The projects are Tamakoshi-V Hydropower Project (87 MW) and Budhiganga Hydropower Project (20 MW).

    Ministry of Energy Spokesperson Shree Ranjan Lakoul said his ministry has proposed the Finance Ministry to incorporate these two projects in the budget for the next fiscal year. “The Finance Ministry is also preparing to announce the development of the projects through the budget as per our request,” said Lakoul, who is also the joint secretary at the Energy Ministry.

    The Energy Ministry proposed Tamakoshi-V project after the Finance Ministry sought at least one new and innovative project from each ministry to incorporate them in the upcoming budget.

    According to the Energy Ministry, the government will build Tamakoshi-V project with its own financing, while Budhiganga project will be developed under the loan assistance of Kuwait Fund for Economic Development and Saudi Fund for Development.

    The Tamakoshi-V project is cascade project of the under-construction 456-MW Upper Tamakoshi Hydropower Project (UTHP). The energy from Tamakoshi-V project will be generated from the water spilled from the UTHP tunnel. As the energy production from Tamakoshi-V only requires the construction of a tunnel and a pond for sedimentation, the project is expected to be cheaper. The Department of Electricity Development had issued survey license to Nepal Electricity Authority (NEA), on October 3, 2008, for the project.

    Energy Ministry officials said the Tamakoshi-V project is expected to be completed within the next five years. NEA’s preliminary feasibility study has estimated the project’s cost at Rs 14 billion. It will be designed as Peaking Run-of- River (PRoR) model like the UTHP.

    Under the PRoR model, a project collects water for certain hours and generates energy later in full power.

    Energy Ministry officials said this project would generate 87 MW power round the clock for five months during the rainy season and would generate the same amount of power for 6-8 hours a day during other seasons. “Once announced in the budget, the NEA will prepare a detailed project report and then float a tender to select a contractor,” said the official.

    As far as Achham-based Budhiganga Project is concerned, it is estimated to cost around Rs 5 billion. The Finance Ministry in March had signed a loan agreement worth $18 million with Kuwait Fund for the poroject. “The process for signing a $20 million loan agreement with the Saudi Fund is underway,” said Madhu Kumar Marasini, joint secretary at the Finance Ministry. “Rest of the cost will be met by the government.”

    The Budhiganga Project, expected to be completed in the next four years, will generate 106.2 million units energy annually. Ministry officials siad the project’s cost would be relatively higher compared to other projects as construction of a 3-km access road and an 88- long transmission line is required.