तल्लो खारे प्रवद्र्धक युनिभर्सलको आईपीओ आजबाट

1427

दोलखा जिल्लाको खारे कोरिडोरमा निर्माणाधीन ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक युनिभर्सल पावरले सार्वजनिक सेयर निष्कासन गरेको छ । गौरीशंकर गाउँपालिकामा रहेको आयोजनाको निर्माण ८० प्रतिशत पूरा भइसकेको छ । युनिभर्सल पावर कम्पनी तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकले स्थापना गरेको सीएचडीसी कम्पनीको नेतृत्वमा सञ्चालित छ ।
तल्लो खारे आयोजनाको लागत २ अर्ब ४ करोड रुपैयाँ हुने अनुमान छ । ०७६ साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना निर्माणको काममा एक दिन पनि अवरुद्ध नभएको कम्पनीले जानएको छ । आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुच्छ«्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलाश विकास बैंकले लगानी गरेका छन् ।

हाल जलविद्युत् क्षेत्रमा निष्कासन भएका पछिल्ला आधादर्जन सार्वजनिक निष्कासन भएका कम्पनीको मागलाई हेर्दा यो कम्पनी सेयरमा १ सय कित्ताभन्दा माथि नै लगानी गर्नु उपयुक्त हुने जनाइएको छ । आयोजनाबाट विद्युत् उत्पादनपछि वार्षिक ३३ करोडको विद्युत् बिक्री हुनेछ । यस कम्पनीको नेतृत्व गरेको कम्पनी सीईडीबी हाइड्रोपावर डेभलपमेन्टले यसपूर्व ३ वटा जलविद्युत् आयोजना सफलतापूर्वक निर्माण गरिसकेको छ । जसमा लमजुङमा १ सय ८३ किलोवाटको स्याङ्गे जलविद्युत् आयोजना, ४.४ मेगावाटको राधीजल विद्युत् आयोजना र बुटवल पावर कम्पनीसँग मिलेर ४ मेगावाटको खुदी छन् । निजी क्षेत्रकै अति सस्तो लागत र छिटो सम्पन्न गरी लाभांश बाड्ने कम्पनीको रूपमा पनि राधीजल विद्युत् कम्पनीको रूपमा पनि राधीजल विद्युत् कम्पनीलाई लिन सकिने जनाइएको छ । कम्पनीले तल्लो खारेसँगै लमजुङमा १२ मेगावाटको दोर्दी १ तथा रुकुममा ५ मेगावाटको रुकुमगढ आयोजना बनाइएको छ ।
आयोजना स्रोतकाअनुसारतल्लो खारेमा ५ सय जनाले गत २ वर्षबाट रोजगारी पाएका छन् भने मुलुकभित्र रहेका सिमेन्ट, छड, सवारी साधन, क्रसर व्यवसायीले मात्र यस कम्पनीबाट भण्डै १ अर्ब ६० करोडको व्यापार गरेका छन् । विकट क्षेत्रमा यो आयोजनामा गएर गौरीशंकर गाउँपालिकाको एक क्षेत्रको ठूलै विकास भएको जनाइएको छ ।
तल्लो खारेको पेनस्टक पाइपतर्फ २ हजार २ सय मिटर जडान भइसकेको छ भने पावरहाउसको वाल तथा कोलमको ढलान कार्य द्रुतगतिमा अगाडि बढिरहेको छ । आयोजनाले अहिले हेडवक्र्स, पाइपलाइन र पावरहाउस तथा प्रसारण लाइननिर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी सिंगटी सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उक्त प्रसारण लाइनलाई आवश्यक जग्गा लिजमा लिने प्रक्रिया अगाडि बढेको जनाइएको छ ।

– कारोबार