ढल्केबर सबस्टेशन बिहीबार र शुक्रबार बन्द, वीरगन्ज र हेटौंडामा विद्युत् आपूर्तिमा अवरोध हुने

    1787

    काठमाडौं । ढल्केबर सवस्टेशनमा भूमिगत तार प्रसारणसम्बन्धी काम गर्न दुई दिन विद्युत् आपूर्ति प्रभावित हुने भएको छ । बिहीबार र शुक्रबार बिहान ७ देखि साँझ ५ बजेसम्म ढल्केबर सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द हुने भएपछि हेटाैंडा, परवानीपुर, वीरगन्ज र सिमरा क्षेत्रमा आपूर्तिमा अवरोध आई भोल्टेजमा घटबढ समस्या आउने  नेपाल विद्युत् प्राधिकरण प्रसारण निर्देशनालयले जनाएको छ ।

    नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत निर्माणाधिन ढल्केबर सवस्टेशनको निर्माण काम जारी छ । हाल १३२ केभी प्रसारणलाइनमा चार्ज भएकोमा क्षमता बढेर २२० केभीमा चार्ज गर्ने तयारी भएको छ ।  ढल्केबर–मुज्जफपुर ४ सय केभी प्रसारणलाइनबाट विद्युत आयात भइरहेको छ ।

    स्रोत:बाह्रखरी