ढल्केबरमा सबस्टेसन निर्माण सकिने समयबारे अन्योल भएपछि ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत भारतबाट थप विद्युत् आयात अनिश्चित

    2171

    220kv-transmission-line-steel-tower-487x330

    हिउँदको लोडसेडिङ कम गर्न भारतबाट थप विद्युत् आयात अनिश्चित बनेको छ । धनुषाको ढल्केबरमा सबस्टेसन निर्माण आगामी १६ पुसभित्र (डिसेम्बर) सकिन्छ–सकिँदैन भन्ने अन्योलले ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत भारतबाट थप विद्युत् आयात अनिश्चित बनेको हो । थप विद्युत् आयात आउन नसकेमा लोडसेडिङको समय थप बढ्नेछ । सबस्टेसन बनेपछि अहिले आयात भइरहेको ८० मेगावाटसहित प्रसारण लाइनबाट २ सय ३० मेगावाट विद्युत् आयात गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणको छ । ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारणलाइनमार्फत ८० मेगावाटको विद्युत् खरिद–बिक्रीका लागि प्राधिकरण र एनटिपिसी विद्युत् व्यापार निगमबीच भएको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)को म्याद पनि डिसेम्बरमा सकिँदै छ । सबस्टेसन नबनेमा वैकल्पिक व्यवस्थाअन्तर्गत मुजफ्फरपुर बिन्दुमा सय एमभिएको ट्रान्सफर्मर राखेर ८० मेगावाट ल्याउन सकिन्छ । वैकल्पिक व्यवस्था गर्ने–नगर्नेमा अझै अन्योलमै रहेको प्राधिकरण स्रोतले बतायो । ‘गत वर्ष पनि सबस्टेसन बनाउन नसकेपछि मुजफ्फरपुरमा ट्रान्सफर्मर भाडामा लिएर त्यहा“ राखी ८० मेगावाट विद्युत् आयात गरिरहेको थियो, यस वर्ष पनि वैकल्पिक व्यवस्थाअन्तर्गत एउटा टान्सफर्मर राख्न सकिन्छ,’ स्रोतले भन्यो, ‘तर, वैकल्पिक व्यवस्था अपनाउने–नअपनाउनेबारे केही भएको छैन ।’ एनटिपिसी विद्युत् व्यापार निगमले सबस्टेसन बन्न नसकेमा थप विद्युत् आयातका लागि मुजफ्फरपुरमा निःशुल्क ट्रान्सफर्मर उपलब्ध गराइदिने मौखिक आश्वासन प्राधिकरणलाई दिएको छ । एनटिपिसी विद्युत् व्यापार निगमबीच थप विद्युत् आयातका लागि छलफल भइरहेको प्राधिकरणका व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए । ‘ढल्केबर–मुजफ्फरपुरबट अहिले भइरहेको र थप आयातका लागि निगमस“ग प्राधिकरण व्यवस्थापनले गम्भीर रूपमा छलफल भइरहेको छ,’ उनले भने, ‘यसलाई छिट्टै टुंगो लगाउनेछौँ ।’ पिपिए पनि अन्योलमा ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारणलाइनमार्फत ८० मेगावाटको विद्युत् खरिद–बिक्रीका लागि प्राधिकरण र एनटिपिसी विद्युत् व्यापार निगमबीच भएको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)को म्याद पनि डिसेम्बरमा सकिँदै छ । सबस्टेसन निर्माण अन्योलमा रहेको र वैकल्पिक व्यवस्थाका बारेमा कुनै निर्णय नभएकाले ८० मेगावाटको मात्रै गर्ने या थप विद्युत् आयातका लागि पनि पिपिए गर्ने अनिश्चित छ । ‘८० मेगावाटसहित थप विद्युत् आयातका लागि पिपिए गरौँ, सबस्टेसन बनेन भने के गर्ने ?’ स्रोतले भन्यो, ‘अहिले ८० मेगावाटको मात्रै या थप विद्युत्को पिपिए गर्ने भन्नेमा प्राधिकरण अप्ठ्यारोमा छ ।’ गत ४ भदौमा निर्माणस्थलको स्थलगत निरीक्षण गरी ऊर्जामन्त्री जनार्दन शर्माले १६ पुस (३१ डिसेम्बर २०१६) भित्र सबस्टेसन निर्माण सक्ने लिखित प्रतिबद्धता आयोजना प्रमुख र ठेकेदारलाई गराएका थिए । तर, काम गर्न अझै धेरै रहेकाले तोकिएको समयमा काम सक्न अझै चुनौतीपूर्ण रहेको बुधबार आयोजनाको स्थलगत निरीक्षणमा गएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए । कुनै पनि हालतमा प्रतिबद्धता जनाइएको समयमा काम सक्ने निर्देशन दिएर उनी काठमाडौं फर्किएका थिए । पिपिए रेटको पनि टुंगो छैन ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने विद्युत्को पिपिए दरको पनि टुंगो छैन । सुरुमा प्राधिकरण र एनटिपिसी विद्युत् व्यापार निगमबीच मुजफ्फरपुर बिन्दुमा प्रतियुनिट ३.४४ भारतीय रुपैया“ (५ रुपैया“ ५० पैसा)मा पिपिए भएको थियो । पछि यसलाई बढाएर ३.६० भारु (५ रुपैयाँ ७६ पैसा) पु¥याइएको थियो । प्राधिकरणले मुजफ्फरपुरबाट ल्याउँदाको प्रसारणलाइन शुल्क (ह्विलिङ चार्ज) १ रुपैया“ ५३ पैसा तिर्नुपर्छ । ‘भारतीय पक्षबाट नयाँ दर प्रस्ताव भएको छैन,’ प्राधिकरण स्रोतले भन्यो, ‘अहिलो ३.६० भारुमा विद्युत् दिन्छ–दिँदैन अन्योलमै छौँ ।’ टनकपुरबाट थप ल्याउन पहल प्राधिकरणले टनकपुरबाट करिब ४० मेगावाट थप विद्युत् आयातको तयारी गरेको छ । टनकपुरमा थप ट्रान्सफर्मर राखी थप विद्युत् त्यहाँबाट ल्याउन सकिने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीच भएको महाकाली सन्धिअन्तर्गतको ७ करोड युनिट निःशुल्क ऊर्जा र २२–३० मेगावाटसम्म विद्युत् टनकपुरबाट आयात भइरहेको छ । प्राधिकरण र भारतीय ऊर्जा दलाल कम्पनीबीच टनकपुरबाट विद्युत् आयातका लागि भएको सम्झौताको म्याद गत जुनमै सकिएको थियो । प्राधिकरणले टनकपुरबाट हरेक वर्ष नोभेम्बरबाट जुनसम्म ३० मेगावाटसम्म विद्युत् आयात गर्दै आएको छ । भारतले नेपालसँगको विद्युत् व्यापारका लागि एनटिपिसी विद्युत् व्यापार निगमलाई सम्पर्क निकाय (नोडल एजेन्सी) तोकिदिएकाले सम्झौता कोसँग गर्ने अन्योल थियो । कही दिनअघि भारतको राजधानी नया“दिल्लीमा सम्पन्न परराष्ट्रमन्त्री सम्मिलित नेपाल–भारत संयुक्त आयोगको बैठकले भारतले नयाँ सीमापार विद्युत् नियमन तथा निर्देशिका कार्यान्वयनमा नल्याएसम्म पहिलेकै व्यवस्थाअनुसार दुई मलुकबीच विद्युत्को खरिद–बिक्री हुने निर्णय भएको थियो । ‘टनकपुरबाट विद्युत् आयातका लागि सम्झौता एनटिपिसी विद्युत् व्यापार निगमस“ग गर्ने या पिटिसीसँग गर्ने अन्योल थियो, परराष्ट्रमन्त्री स्तरीय बैठकपछि अन्योल हटेको छ,’ प्राधिकरण व्यपार विभाग प्रमुख अधिकारीले भने, ‘यस पिटिसीसँग तत्कालै वार्ता गरी सम्झौता गर्छौँ ।’ ट्रान्सफर्मर थप गर्नेबारे भारतको केन्द्रीय विद्युत् प्राधिकरणले जाँच गर्ने दुई मुलुकबीच सम्झौता सहमति भएको थियो । –

    Source: Kantipur Daily