जलासययुक्त १० ठुला जलविद्युत् आयोजना सरकारले बनाउने

    1761

    काठमाडौँः ऊर्जा मन्त्रालयले जलाशययुक्त विभिन्न १० वटा आयोजना अगाडि बढाउने भएको छ । मन्त्रालयले विद्युतको बढ्दो मागलाई ध्यान दिई जलाशययुक्त विभिन्न १० वटा आयोजना आफैं अगाडि बढाउने भएको हो ।

    ऊर्जामन्त्री जनार्दन शर्माले तमोर, वरुण, दुधकोशी, सुनकोशी, बुढीगण्डकी, नलसिङगाड, उत्तरगंगा, नौमुरे, शारदा र तिला कर्णाली आयोजना यथास्थितिमा अगाडि बढाउने निर्णय भएको जानकारी दिए ।

    उर्जा मन्त्रालयले जलाशययुक्त आयोजना अगाडि बढाउनका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ ।

    मन्त्रालयले मंगलबार अर्थ मन्त्रालयमा भएको नेपाल विद्युत् प्राधिकरणको वित्तीय व्यवस्थापन सम्बन्धी छलफलका क्रममा जलाशययुक्त आयोजनाका लागि आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरेको हो ।

    स्रोत::कारोबार