चिलिमेका प्रबन्ध सञ्चालक हटाएको विरोधमा कर्मचारी आन्दोलित

    2077

    रसुवा, श्रावण ७ –

    kul man ghisingऊर्जा मन्त्रालयले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर आयोजनास्थलमा रहेका साइड अफिसमा तालाबन्दी गरिएको छ ।

    माथिल्लो र तल्लो सान्जेन, चिलिमेको साइड अफिस थाम्बुचेतमा रहेका कर्मचारी र स्थानीयवासी मिलेर सोमबार दिउँसो तालाबन्दी गरेका छन् । माथिल्लो र तल्लो सान्जेन जलविद्युत साइड अफिसका कर्मचारीहरु र स्थानीयले घिसिङलाई फिर्ता बोलाउन माग गर्दै तालाबन्दी गरेका हुन् ।

    सरकारले घिसिङलाई चिलिमे जलविद्युत कम्पनीको प्रवन्ध सञ्चालकबाट आइतबारबाट हटाएको हो । घिसिङलाई ऊर्जा क्षेत्रमा रहेका ठेकेदारको दवावमा हटाएको बताइएको छ । १४ मेगावाटको माथिल्लो सान्जेन, ४२ मेगावाटको तल्लो सान्जेन र २० मेगावाटको चिलिमेको थाम्बुचेतको साइड अफिसमा तालाबन्दी गरिएको छ ।

    घिसिङलाई सरकारले पुर्नवहाली नगरेसम्म अनिश्चित तालाबन्दी जारी राख्ने ४२ मेगावाट तल्लो सान्जेनमा कार्यरत जनसम्पर्क सहायक गुम्बुछिरिङ तामाङले बताए । कर्मचारी र प्रभावित गाविसका स्थानीयवासी घिसिङकै समयमा रसुवालाई १० प्रतिशत सेयर दिलाएको, माथिल्लो १४ र तल्लो ४२ मेगावाट र १ सय ११ मेगावाट रसुवागढी जलविद्युतको सुरुवातको थालनी गरेका व्यक्तिलाई हटाएकोमा आन्दोलित भएका हुन् ।

    आन्दोलित कर्मचारी र स्थानीयवासीले निर्माणाधिन सान्जेन जलविद्युत कार्यमा अवरोध भएको छ । त्यस्तै चिलिमे जलविद्युतको काममा समेत बाधा पुगेको छ । घिसिङले भने आन्दोलन नगर्न आग्रह गरेका छन् । ‘मैले आन्दोलन नगरेको भनेको मानेका छैनन्,’ उनले भने, ‘आन्दोलन गर्दैमा समस्या सुल्झदैन ।’  यो सबै चिलिमेलाई डुबाउने खेल भएको चिलिमेले जनाएको छ ।

    घिसिङले रसुवालाई १० प्रतिशत शेयर दिलाएका थिए भने माथिल्लो १४ र तल्लो ४२ मेगावाट र १ सय ११ मेगावाट रसुवागढी जलविद्युतको सुरुवातको काम गरेका थिए ।

    Source : ekantipur