जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण धमिलिदै

    2337

    ” खोलाले बालिका बगाएपछि माथिल्लो मस्र्याङ्दीसँग १० लाख क्षतिपुर्ति असुल, प्रशासन मौन “

    छविलाल बगाले, लमजुङ ७ लमजुङ ।

    upper-marsyangdiपचास मेगावाट क्षमताको माथिल्लो जिल्लाको उत्तरी लमजुङको खुदी गाउँ विकास समितिको वडा नं. २ छहरोखोलाले शनिबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएपछि माथिल्लो मस्र्याङ्दी जलविद्युत अयोजनाले १० लाख क्षतिपुर्ति तिरेको छ । शनिबार विहान ७ बजेतिर घरबाट निश्किएर खेल्दै हिडेकी स्थानिय सोमबहादुर तामाङको ६ बर्षिया छोरी आकंक्षा तामाङलाई छहरे खोलाले बगाएको थियो । तामाङलाई ११ बजेतिर छहरे खोलाको किनारमा मृत अबस्थामा भेटिएको थियो ।

    माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाले छहरे खोलामा पुल नहालेका कारण बालिकालाई बगाएको भन्दै पिडित परिवार र स्थानियबासी आयोजना विरुद्ध आन्दोलनमा उत्रिएका थिए । शनिबार दिनभरीजसो भएको आन्दोलन र वार्ताका विच अन्ततः आयोजनालाई झुकाएर १० लाख क्षतिपुर्ति असुल्न स्थानियबासी सफल भएका छन् ।

    बालिकाको मृत्युपछि आक्रोसित स्थानियबासीले माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको सवारीसाधन तोडफोड गरि आन्दोलन थालेका थिए । ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको निर्माण कम्पनी सिनो सगरमाथाले छहरे खोलामा पुल बनाउँछु भनेर ढिला गरेका कारण यस्तो घटना घटेको स्थानियको आरोप छ । माथिल्लो मस्र्याङ्दीले पुल बनाउन ढिला गरेका कारण घटना घटेको भन्दै स्थानियबासीले आयोजनाको २ वटा डोजर र २ वटा टिपर तोडफोड गरेका थिए ।

    स्थानियबासीले शुरुमा १५ लाख क्षतिपुर्तिमा माग गरेका थिए । आयोजनाले आफ्नो कुनै गल्ती नभएकाले क्षतिपुर्ति दिन अस्विकार गरेको थियो । सवारी साधान तोडफोड गर्दै स्थानियबासीले आन्दोलन चर्काउने र प्रहरी प्रशासन समेत कडा रुपमा नआउने भएपछि आयोजना क्षतिपुर्ति दिन लचक भएको बताइएको छ । दुईपक्षिय बिच भएको छलफलले आयोजनाले पिडित परिवारलाई ८ लाख नगद क्षतिपुर्ति दिने, २ लाखको आकंक्षा अक्षयकोष स्थापना गर्ने, दुबैपक्षविच आपसी सामन्जस्यता कायम गर्ने र पूर्व सहमिति अनुसार छहरे खोलामा पुल हाल्ने लगायतका विकास निर्माणका कार्यहरु तीनदिन भित्र शुरु गर्ने सहमति भएको वार्तामा सहभागी अमर उमावि खुदीका प्रधानाध्यापक तीर्थ बस्नेतले कारोबारलाई बताएका छन् । सहमतिपछि स्थानियबासीले शव जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गरेका छन् ।

    यता, आयोजनामा कार्यरत कर्मचारीलाई निश्कासन गरेको भन्दै मजदुरहरुले आयोजनाको पुर्वाधार निर्माणमा अवरोध पु¥याएका छन् । आयोजनामा लाइट मोटर चलाउने ड्राइभर बिष्णु थापालाई आयोजनाले निष्काशन गर्ने चेतावनी दिएपछि मजदुरहरुले त्यसको बिरोधमा आयोजनाको पूर्बाधार तर्फको निर्माण कार्य ठप्प पारेको जनसम्पर्क अधिकृत अर्जुन गुरुङले बताएका छन् ।

    लगानीमैत्री र सुरक्षाको प्रत्याभुति दिलाउँदै लमजुङ जिल्लालाई जलविद्युतमय बनाउन सबै सरोकारवाला, प्रशासनहरु विच सहमती भई जिल्लाका कुनैपनि जलविद्युत आयोजनाको निर्माण कार्यमा अबरोध गर्न नदिने सहमति भएको भएपनि पटक पटक सो आयोजना बन्द हुँदै आएको छ । यो आयोजनामा न स्थानियहरुको सहयोग छ न त प्रशासन बाट नै ।

    प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय र जिल्ला विकास समितिका प्रतिनिधि तथा जिल्लमा संचालन हुने जलविद्युतका ब्यक्तिहरु सम्मिलित बैठ्कले जिल्लाको जलविद्युत क्षेत्रलाई लगानीमैत्री बनाउने र कुनै पनि आयोजनामा बन्दलाई निषेध गर्ने जनाएपनि त्यो कागजमा मात्रै सिमित भएको जलविद्युत क्षेत्रका विज्ञहरु बताउँछन् ।

    प्रस्तुति: कारोबर