गोरखाको घ्याल्चोकमा गोली चल्यो, स्थानीयद्वारा बुढीगण्डकी परियोजना कार्यालयमा तोडफोड

    1055

    गोरखा, १६ मंसिर । गोरखाको घ्याल्चोकस्थित बुढीगण्डकी परियोजना कार्यालयमा आक्रमण भएपछि प्रहरीले गोली चलाएको छ ।

    घ्याल्चोकको सिउरेनीटारस्थित उक्त बुढीगण्डकी जलविद्युत परियोजनाको कार्यालयमा मुआब्जाको माग गर्दै पुगेका स्थानीबासीले तालाबन्दी गर्न खोजेपछि प्रहरीसँग दोहोरो झडप भएको हो ।

    आक्रोशित स्थानीयबासीले कार्यालयमा आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । स्थानीयबासी र प्रहरीको झडपमा केही घाइते भएका छन् ।

    स्रोत: Medianp.com