कालीगण्डकी अपर जलविद्युत परियोजाको वातावरणीय अध्ययन प्रतिवेदन सार्वजनिक

    2892

    काठमाडौ–२९ असार ।

    district myagdiम्याग्दी उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा कालीगण्डकी अपर जलविद्युत आयोजना निर्माणको तयारी सुरु भएको छ  । ६५ मेघावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रमा पर्ने वातावरणीय प्रभाव मुल्याङ्कनको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोजना निर्माणका लागी सर्वेक्षण अनुमतीपत्र पाएको ट्रेड लिंक ग्लोबल प्रा.लि. काठमाण्डौले आयोजना प्रभावित क्षेत्र  भगवती –२ बैसरीमा विहिवार आयोजना गरेको आयोजनाको वातावरण प्रभाव मुल्याङ्कनको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

    आयोजनाको प्रभावित क्षेत्र उत्तरी बेगखोला, भगवती, पिप्ले, हिस्तान, राम्चे र पर्वतको बासखर्क गाविसका अगुवाहरुको उपस्थीती रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजना निर्माणको क्रममा हुने बाँध,सुरुङ, क्याम्प, विद्युत निर्माण तथा ढुंगा माटो व्यवस्थान र जल प्रभावमा हुने कमीबाट हुने वातावरणीय भौतिक, जैविक, सामाजीक तथा साँस्कृतिक क्षेत्रमा पर्ने प्रभाव  न्युनीकरणमा आयोजनाले अबलम्बन गर्ने उपायहरुको बारेमा जानकारी गराईएको थियो ।

    निजी क्षेत्रको लगानीमा बन्न लागेको आयोजनाको विस्तृत अध्ययन गरि वातावरणीय प्रभाव मुल्याङ्कनको काम सकिएकाले स्थानियबासीको सुझाबहरुलाई समेटीएको प्रतिवेदन उत्पादन अनुमतीका लागी नेपाल सरकार समक्ष पेस गर्ने आयोजनाका वातावरणविद डा.तोरण शर्माले बताए । उनले  उर्जा तथा वातावरण मन्त्रालयको स्विकृतिमा विद्यूत विकास वोर्डले उत्पादन अनुमती पत्र दिएपछी मात्रै नेपाल विद्युत प्राधिकरण संग विद्यूत खरीत सम्झौता (पिपिए) हुने र आयोजनामा लगानीकर्ता भित्राएर कन्सटक्सनका काम सुरु हुने बताईएको छ ।

    बेग र हिस्तान गाविसको दोसाँध बेगखोलामा बाँध स्थल रहने जलविद्यूत आयोजनाको बेगदेखी  भगवतीको थाडोखोरीया हुँदै पिप्लेको घुमाउनेतालसम्म करिब ६ किलोमिटर लामो सुरुङ निर्माण गरि करिब १ सय मिटरको उचाईबाट घुमाउनेतालमा हुने विद्युत गृहमा पानी खसालेर विद्युत उत्पादन गर्ने आयोजनाले जनाएको छ ।

    ६ महिनापछी उत्पादन अनुमती पत्र पाएमा करिब २ बर्षभित्रै लगानीकर्ता भित्राएर आयोजनाको कन्सटक्सनको काम सूरु गर्ने आयोजनाको लक्ष्य रहेको छ । करिब २२ अर्व रुपैयाँ भन्दा बढि लागत खर्च लाग्ने अनुमान गरिएको आयोजनामा जडित ६५ मेघावाट क्षमता भएपनी हिउँदको समयमा २० देखी २५ मेगावाट मात्रै विद्युत उत्पादन हुने जनाईएको छ । यसैविच प्रभावित क्षेत्रका स्थानियबासीले आयोजना निर्माण सम्पन्न भएमा जिल्लामा विकासको ढोका खोलीने भन्दै स्थानियबासीको माग र समस्यालाई सम्वोधन गरि समयमै आयोजनालाई अगाडी बढाउन आग्रह गरेका छन् ।