उत्तरगंगा जलाशययुक्त आयोजनाको विरोध

    4162

    Uttar Ganga HEPरुकुम, ३० वैशाख- सरकारले उत्तरगंगा जलाशययुक्त आयोजनाको तत्काल अध्ययन गरी काम थाल्ने गरेको निर्णयमा रुकुमेलीहरूले विरोध गरेका छन । उत्तरगंगाको नामले चिनिने जिल्लाको सानीभेरी नदीबाट सरकारले ३ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना अघि बढाउने योजना बनाएपछि रुकुमेलीहरू विरोधमा उत्रेका हुन ।
    सरकारले ढोरपाटन सिकार आरक्षभित्र पर्ने उत्तरगंगा नदीलाई पूर्वतिर फर्काएर जलाशययुक्त आयोजना अघि बढाउन अध्ययन थाल्ने तयारी गरेकाले रुकुमको सानीभेरी नदीवरिपरिको बस्ती विस्थापित हुने खतरा बढेको भन्दै स्थानीय आन्दोलनमा जाने तयारी गरेका छन् ।
    म्याग्दी जिल्लामा मुहान रहेको उत्तरगंगा नदी बागलुङको केही भाग हु“दै रुकुम, सल्यान, जाजरकोट, सुर्खेत, बा“के र बदिर्यासम्म छोएर बगिरहेको छ । यही वैशाख १६ गते मुख्यसचिव लीलामणि पौडेलको अध्यÔतामा वन तथा ऊर्जा मन्त्रालयका उच्च अधिकारीहरूको बैठकले सो आयोजना विकासका लागि अध्ययन शुरु गर्ने निर्र्णय गरेको थियो ।
    आरÔणभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानिकारक विस्फोटक पदार्थ प्रयोग नगर्न भनी सरकारले निÈेध गरेको भए पनि मुख्यसचिव लीलामणि पौडेलले मुलुकको बढ्दो लोडसेडिङको समस्या समाधान गर्न अरूभन्दा उत्तरगंगा छिटो निर्माण गर्न सकिने जलाशययुक्त आयोजना भएकाले काम अगाडि बढाउनुपर्ने बताएको समाचार बाहिर आएको हो ।
    रुकुममा एक सरोकार समिति गठन गरी सम्बन्धित निकायलाई ध्यानाकर्Èण गराउने निर्र्णय रुकुमेलीहरूले गरेका छन् । तेजेन्द्र खाममगरको संयोजकत्वमा उत्तरगंगा सानीभेरी सरोकार समिति गठन गरिएको हो ।
    जिल्ला सदरमुकाम खलंगामा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, स्थानीय विकास अधिकारी भरतकुमार शर्मालगायतका सरोकारवालाहरूस“गै पत्रकार सम्मेलनको आयोजना गरी सो सरोकार समितिले उक्त जलाशययुक्त आयोजनाले रुकुम, सल्यान, जाजरकोटलगायतका जिल्लामा नकारात्मक असर गर्ने बताएको छ ।
    सो आयोजनाले रुकुमको तकसेरामा निर्माण गर्न थालेको लघु जलविद्युत् आयोजना बन्द हुने तथा रुकुम, जाजरकोट, सल्यान, सुर्खेतलगायतका जिल्लामा कृÈि, साना सि“चाइमा नकारात्मक असर पर्ने, जैविक पणालीमा असर पर्ने तथा प्राकृतिक सौन्दर्यतासमेत नष्ट हुने बताइएको छ । सरोकार समितिका संयोजक खाममगरले आफूहरूले आयोजना नबनाउन नभनेको तर नदीको प्रकृतिक बहाव भने मोडन नदिने बताए ।
    “कम खचिर्लो र समयमा निर्माण गर्नका लागि जतातिर नदी बगेको छ, त्यतैतिरबाट आयोजना बनाउनुपर्छ” उनले भने, “उत्तरगंगा नदी पूर्वतिर फर्काएमा नारायणी नदीतिर लान पाईदैन ।” नदी पूर्वतिर फर्काउ“दा जलाशय बनाउनुपर्ने र जलाशय बनाउ“दा बा“ध बाध्नुपर्ने भएकाले बागलुङको बोबाङ गाविसको पूरै बस्ती डुबानमा पर्ने सम्भावना रहने स्थानीयहरूले बताएका छन् । सो नदीलाई पूर्वतिर फर्काएमा रुकुमको प्राकृतिक सौन्दर्यता पनि समाप्त हुने र रुकुम सुख्खा Ôेत्र बन्ने पर्यटक व्यवसायी गोपाल केसीले बताए ।
    उत्तरगंगा सानीभेरी सरोकार समितिले आइतबार सरोकारवालास“ग गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सरकारले अध्ययन मात्र थाल्ने भनेकाले सो जलाशययुक्त आयोजनाले पार्ने सकारात्मक र नकारात्मक अवस्थाको पनि अध्ययन हुने बताए । त्यसैगरी स्थानीय विकास अधिकारी भरतकुमार शर्माले सो आयोजनाको अध्ययन गर्दा कसैलाई Ôति नहुने गरी काम हुने विश्वास व्यक्त गरे ।
    सरकारले उक्त आयोजनाको यसअघि नै सम्भाव्यता अध्ययन गर्ने निर्णय गरे पनि वन मन्त्रालयले उक्त आयोजना विकास गर्दा विश्वमै ख्याति कमाएको ढोरपाटन सिकार आरÔण खतरामा पर्ने भन्दै असहमति जनाएको थियो ।

    प्रस्तुति: कारोबर / मेगराज खड्का