रसुवागढी र सान्जेनको सेयर निश्कासन फागुनबाट

    2246

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको मुख्य प्रवद्र्वकत्वमा स्थापित रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले फागुनबाट साधारण सेयर निश्कासन गर्ने भएका
    छन् । दुर्व कम्पनीले स्वपुँजी अन्तर्गतको सर्वसाधारण समुहका सेयरधनीलाई छुट्याइएको ४९ प्रतिशत मध्ये पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीका संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता कर्मचारीहरुलाई निश्कासन गर्न लागेका हुन ।
    राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक एवं
    चिलिमेका अध्यक्ष कुलमान घिसिङले दुवै कम्पनीले प्रवद्र्धन गरेका आयोजनाका काम तोकिएको समय र लागतमा सम्पन्न गर्न निर्देशन दिए ।
    ‘कम्पनीहरुले निर्माण गरिरहेका आयोजना भूकम्पका कारण केही ढिला भएको छ,
    तर अहिले नयाँ तय गरेका तालिकमा जसरी पनि आयोजना बन्नु पर्छ’,उनले कम्पनीका सञ्चालक र व्यवस्थापनलाई निर्देशन दिंदै भने,‘नियमित अनुगमन
    हुन्छ, यो या त्यो बाहानामा निर्माण तालिका प्रभावित पार्न पाइंदैन ।’
    उनले दुर्व कम्पनीले निर्माण गरिरहेका आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याज सहितसमेत १५ करोड रुपैयाँभन्दा नबढ्ने बताए । ‘म चिलिमको प्रवन्ध सञ्चालक भएर जाँदा आयोजनाको लाइसेन्स त थियो तर निश्कृय अवस्थामा थियो, मैले कामलाई तिब्रता दिएर अगाडि बढाएका कम्पनीले सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने अवस्थासम्म पुग्दा म ज्यादै खुसी छु’,उनले भने,‘चिलिमे लार्भाश मात्रै बाँडेर बस्दैन, जनतले चाहिजति सेयरमा लगानी गर्न पाउने व्यवस्थाका साथ अन्य नयाँ आकर्षक आयोजना निर्माण गर्छ ।’
    रसुवागढीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले पहिलो चरणमा
    सञ्चयकर्ताका लागि छुट्याइएको १९.५ प्रतिशत र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह¬) का कर्मचारीहरुका लागि ३.५
    प्रतिशत तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्मचारीहरुका लागि १
    प्रतिशत गरी जम्मा २४ प्रतिशत सेयर निष्काशन गर्न लागिएको छ बताए ।
    कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको मिति २०६८ मंसिर २२ गतेमा बहाल रहेका र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत
    भएको मिति २०७४ पुस २० सम्ममा थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले हाल निष्काशन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन् । यस प्रयोजनका लागि मिति २०७४ माघ २८ गते आव्हानपत्र निष्काशन गर्ने तथा निम्न बमोजिमको समयमा सेयर आवेदन नि
    सक्नेछन् । संचयकर्ता कर्मचारीहरुको लागि छुट्याइएको १०० रुपैंया अंकित दरका १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता (रु १,३३,४२,०९,५००) सेयरका लागि मिति २०७४÷११÷११ देखि २०७४÷११÷३० सम्म आवेदन दिन सक्ने ।
    कम्पनीका संस्थापक संस्थाहरु कर्मचारीहरुको लागि छुट्याइएको १०० रुपैंया अंकित दरका २३ लाख ९४ हजार ७३५ कित्ता (रु.२३,९४,७३,५००) सेयर तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्मचारीहरुका लागि छुट्याइएको १०० रुपैंया अंकित दरका ६ लाख ८४ हजार २१० कित्ता (रु.६,८४,२१,०००) सेयरका
    लागि मिति २०७४।१२।५ देखि २०७÷१२÷१३ सम्म आवेदन दिन सक्ने। छन् ।
    कर्मचारी संचय कोषका संचयकर्ताहरु र संस्थापक संस्थाका कर्मचारीहरुले
    न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५००
    कित्तासम्म आवेदन दिन सक्नेछन् । यसैगरि, कर्मचारी संचय कोषका
    कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने
    संख्यामा अधिकतम २५०० कित्ता सम्म सेयरमा आवेदन दिन सक्ने कम्पनीले
    जनाएको छ ।

    कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याइएको १०
    प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता (रु.६८,४२,१०,०००) सेयर र
    अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात १ करोड २
    लाख ६३ हजार १५० कित्ता (रु.१,०२,६३,१५,०००) सेयर निश्कासन गर्नेछ ।

    यस कम्पनीको अधिकृत पूँजी रु.७ अर्व तथा जारी पूँजी रु. ६ अर्व ८४ करोड
    २१ लाख रहेको छ । कम्पनीका संस्थापक सेयरधनी समूहले कबोल गरेको ५१
    प्रतिशत अर्थात १०० रुपैंया अंकित दरका ३ करोड ४८ लाख ९४ हजार ७१० कित्ता
    सेयरको जम्मा रु.३,४८,९४,७१,००० चुक्ता गरिसकेका छन् । उक्त संस्थापक
    सेयरधनी समूह अन्तर्गत चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३२.७९ प्रतिशत,
    नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत र रसुवा जिल्लाका सम्बन्धित
    स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक सेयर रहेको छ ।

    कम्पनीले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋण रकमबाट आयोजना निर्माणको
    लागि आवश्यक वित्तीय व्यवस्था गरेको छ ।

    रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ मा निर्माणाधीन
    आयोजनाको अनुमानित लागत विद्युत खरिद बिक्री सम्झौता (पीपीए) बमोजिम १३
    अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ । उक्त लागत अनुमान तयार पारेको
    समयमा भन्दा हाल विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएको,
    महाभूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारणहरुले निर्माण प्रभावित
    हुँदा आयोजना सम्पन्न गर्ने अवधि समेत बढ्न गएकोले आयोजनाको लागत केही
    बढ्न जाने देखिन्छ ।

    आयोजनाले मिति २०७६ साल पुस १५ देखि विद्युत उत्पादन शुरु गर्ने लक्ष्य
    राखेको छ । हालसम्म आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ ।
    आयोजनाबाट वार्षिक रुपमा ६१ करोड ३० लाख युनिट विद्युत उत्पादन हुनेछ ।
    नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा
    प्रतियुनिट क्रमशः रु ८.४० र रु ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई
    वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।

    सान्जेन जलविद्युत कम्पनी
    कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका
    संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी
    लिमिटेड र रसुवा जिल्लाका तत्कालिन जिविस र गाविसहरु¬) का कर्मचारीहरु
    तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरुका लागि छुट्टयाइएको
    सेयर निश्कासन गर्न लागेको छ । उनीहरुका लागि क्रमश ः १९.५, ३.५ र १
    प्रतिशत सेयर छुट्याइएको छ । कम्पनीले ४९ प्रतिशत साधारण सेयर मध्ये
    सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई
    छुट्याइएको २४ प्रतिशत अर्थात ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर पहिलो
    चरणमा निश्कासन गर्न लागिएको हो । दोस्रो चरणमा आयोजना प्रभावित
    रसुवाबासीलाई छुट्याएको १० प्रतिशत सेयर र अन्तिम चरणमा मुलुकभरका
    सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत सेयर निश्कासन गरिने छ ।
    कम्पनीको प्रति सेयर मूल्य १०० रुपैयाँ रहने छ ।

    कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेमा
    बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ सम्ममा थप
    भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका
    कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्ने छन् ।
    सञ्चयकर्ताहरुका लागि छुट्याएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको
    सेयरका लागि सञ्चयकर्ताले ११–३० फागुन, २०७४ सम्म आवेदन दिन सक्ने
    व्यवस्था गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले
    जानकारी दिए । कर्मचारी संचय कोषका संचयकर्ताहरु कर्मचारीहरुले न्युनतम
    ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३००
    कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    यस कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई १२ करोड ७७ लाख ५०
    हजार रुपैयाँ बराबरको सेयर छुट्याइएको छ । र संस्थापक संस्थाका
    कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने
    संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    यसैगरि, कर्मचारी संचय कोषका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा
    बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्ता सम्म सेयरमा आवेदन
    दिन सक्ने छन् । उनीहरुका लागि ३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर
    छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका
    कर्मचारीहरुले ५–१३ चैत, २०७४ सम्म आवेदन दिन सक्ने छन् ।

    आवेदन दिंदा अनिवार्यरुपमा डिम्याट खाता नम्बर उल्लेख गर्नु पर्ने र
    सी—आश्वा प्रणाली मार्फत आवेदन गर्नु पर्ने व्यवस्था गरिएको छ । धितोपत्र
    निष्काशन तथा विक्री प्रवन्धकको काम नागरिक लगानी कोषले गर्ने छ ।

    सान्जेन जल विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी ३ अर्ब ७५ करोड तथा
    जारी पूँजी तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा चिलिमे
    जलविद्युत कम्पनी लिमिटेडको ३९.३६ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको
    १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ ।
    कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन (१४.८ मेगावाट) र सान्जेन
    (४२.५ मेगावाट) जलविद्युत आयोजनाको अनुमानित लागत क्रमश ः दुई अर्ब २२
    करोड र पाँच अर्ब २ करोड रुपैयाँ छ । यो रकम ५० प्रतिशत स्वपूँजी र ५०
    प्रतिशत ऋणबाट लगानी जुटाईने ब्यबस्था गरीएको छ । यी दुवै आयोजनाहरुको
    औषत प्रति मेगावाट लागत १२ करोड ६४ लाख रुपैयाँ रहेको छ । ‘भूकम्प,
    नाकाबन्दी विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन लगायतका
    कारणले लागत अनुमानमा केही फरक पर्ने देखिएता पनि ठेक्का सम्झौता हँुदाका
    बखत अनुमानित लागत भन्दा कममा भएकोले यसले समग्रमा आयोजनाका लागतमा ठूलो
    असर पर्ने देखिंदैन’श्रेष्ठले भने ।

    हालसम्म समग्रमा माथिल्लो सान्जेनको ६८ प्रतिशत र सान्जेनको ५८ प्रतिशत
    काम सकिएको छ । माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत उत्पादनको
    लक्ष्य राखिएको छ । सान्जेनको भने नेपाल विद्युत प्राधिकरणले निर्माण
    गर्नु पर्ने चिलिमे हव–त्रिसूली ३ बी २२० केभी प्रसारण लाइनसँग समन्वय
    गरी काम अगाडि बढिउनु पर्ने रहेकोले उक्त प्रशारण लाईन निर्माण हुने अबधि
    जुन—जुलाई २०१९ सम्म यस आयोजनाको पनि निर्माण कार्य सक्ने गरी निर्माण
    कार्य अगाडी बढाईएको छ । सान्जेन माथिल्लोबाट वार्षिक रुपमा ८ करोड २४
    लाख र सान्जेनबाट २४ करोड १८ लाख युनिट विद्युत उत्पादन हुन्छ ।