कालिका पावरको आईपीओ निष्कासन बिहीवारदेखि

    1472

    भदौ २७, काठमाडौं (अस) । कालिका पावर कम्पनी लिमिटेडले बिहीवार(भदौ २८) देखि सर्वसाधारणका लागी आईपीओ निष्कासन तथा विक्री खुला गर्दैछ । कम्पनीले प्रति शेयर १ सय अङ्कित दरको १२ लाख कित्ता शेयर जारी गरेको हो । सो शेयरमा छिटोमा असोज १ र ढिलोमा २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

    ईक्रा नेपालले यो आईपीओलाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले आधारभूत पक्षलाई औषतभन्दा कमजोर रहेको बुझाउँछ । कम्पनीको आइपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ६ हजार कित्ताको लागि आवेदन दिनुपर्ने हुन्छ ।

    कम्पनीको विक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ भने सह निष्कासन विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीको आइपिओ नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवा पाएका सबै बैङ्कहरुबाट आवेदन दिन सकिनेछ ।

     

    स्रोत:अभियान