जलविद्युत्का लागि स्वदेशीबाटै वार्षिक तीन खर्ब

1169

नेपालको जलविद्युत् विकासका लागि स्वदेशबाटै वार्षिक तीन खर्ब रुपैयाँसम्म पुँजी संकलन गर्नसकिने देखिएको छ । दोस्रो लगानी सम्मेलनको पूर्वाद्र्धमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले वार्षिक तीन खर्ब रुपैयाँ बराबर पुँजी संकलन गर्न सकिने विवरण सार्वजनिक गरेका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘जलविद्युत्मा लगानीको अवसर र यसमार्फत आर्थिक समृद्धि’ विषयक अन्तरक्रियामा उनले सरकारले तदारुकता देखाएमा छरिएर रहेको पुँजी सहज रुपमा संकलन गर्न सकिने बताए । नेपालको जलविद्युत् विकासका लागि स्वदेशबाटै वार्षिक तीन खर्ब रुपैयाँसम्म पुँजी संकलन गर्नसकिने देखिएको छ । दोस्रो लगानी सम्मेलनको पूर्वाद्र्धमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले वार्षिक तीन खर्ब रुपैयाँ बराबर पुँजी संकलन गर्न सकिने विवरण सार्वजनिक गरेका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘जलविद्युत्मा लगानीको अवसर र यसमार्फत आर्थिक समृद्धि’ विषयक अन्तरक्रियामा उनले सरकारले तदारुकता देखाएमा छरिएर रहेको पुँजी सहज रुपमा संकलन गर्न सकिने बताए । वार्षिक तीन खर्ब रुपैयाँ बराबर पुँजी संकलन गर्न सकेमा यसबाट मात्र वार्षिक १ हजार ५ सय मेगावाटका लागि लगानी जुटाउन सकिन्छ । “वार्षिक रूपमा नेपालीले हालेको रकमको मुनाफा अर्थात ब्याज दिने ग्यारेन्टी सरकारले गरेमा एउटा विश्वासको वातावरण भइ छरिएर रहेको पुँजी संकलन गर्न सकिन्छ,” उनले भने, “नेपालको हाल उद्योग क्षेत्रमा ऊर्जा खपत ८ प्रतिशत मात्र छ, यसलाई ५१.७ प्रतिशत पु-याउन सकेमात्र वास्तविक अर्थमा नेपालको आर्थिक समृद्धि हुन्छ, यो हाम्रो लागि धेरै टाढा भएकोले नजिक बनाउनका लागि स्वदेशी पुँजी प्रयोग गरेर जलविद्युत् आयोजना निर्माण गर्नुपर्छ ।” जलविद्युत् विकासका लागि हाल रहेको ६-७ मन्त्रालय र २३ विभाग धाउनुपर्ने तथा ३६ कानुनी धाराहरूमा टेक्नुपर्ने तथा यसको कारण हरेक कार्यालयमा कम्तीमा १० देखि ६ महिनासम्म फाइल रोकिने अवस्थाको अन्त्य हुनुपर्ने उनको तर्क छ । गुरागाईंले प्रस्तुत गरेको खाका अनुसार हाल नेपालमा एक खर्ब रुपैयाँ बराबरको टेलिफोन कल हुने गरेकोमा त्यतिनै बराबरको सेयर राख्ने गरी गरेको व्यवस्थाबाट मात्र एक खर्ब जलविद्युत्को लागि संकलन गर्न सकिन्छ । त्यसैगरी वैदेशिक रोजगारीमा गएका ५० लाखमध्ये ५ लाखबाट वार्षिक रूपमा प्रतिव्यक्ति ३० हजार मार्फत १५ अर्ब, वैदेशिक अध्ययनका लागि गएका ४४ हजारबाट वार्षिक प्रतिव्यक्तिमार्फत एक लाखबाट जम्मा हुने ४.४ अर्ब, निजी क्षेत्रको विद्यालयमा अध्ययन गर्ने १५ लाख विद्यार्थीबाट प्रतिविद्यार्थी ३० हजारका दरले ४५ अर्ब, २५ लाख मोटरसाइकटबाट प्रतिमोटरसाइकल ३० हजार तथा ७ लाख करमध्ये प्रति कार ५० हजार गरी १ खर्ब १० अर्ब,  हाल एक हजारवटा जलविद्युत् उत्पादन कम्पनी रहेको प्रतिकम्पनी १० लाख गरी एक अर्ब, विभिन्न पेशा व्यवसायमा ५ लाख १५ हजार रहेकोमा प्रति व्यक्ति ३० हजारका दरले १५.४५ अर्ब तथा नेकपा र नेपाली कांग्रेसका ८ लाख कार्यकर्ता रहेकोमा प्रतिव्यक्ति ३० हजारका दरले २४ अर्ब रुपैयाँ संकलन गर्न सकिने खाकामा उल्लेख छ । “प्रत्येक व्यक्तिले हालेको रकम जलविद्युत् आयोजनाको लागि सेयरको रूपमा लिएर कम्तीमा १५ प्रतिशतको प्रतिफल दिने ग्यारेण्टी दिइ विश्वासको वातावरण बनाउनुपर्छ, यसले सहज रुपमा पुँजी संकलन गर्न सकिन्छ,” उनले भने, “यी क्षेत्रमा रहेका व्यक्तिहरू दोहोरिएमा एक व्यक्ति एक सेयरको अवधारणा अघि बढाउन सकेमात्र पनि तीन खर्ब रुपैयाँ पुजी स्वदेशीबाटै संकलन गर्न सकिन्छ ।”आयोजनाको अध्ययन बढीमा १२ महिनाभित्र सक्ने, दुई महिनाभित्र प्रदेश सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) गरिसक्ने, पीपीए भएको दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गर्ने, ठेक्का प्रक्रिया सकिँदा आयोजनाको डिजाइन र नक्सा तयार गरिसक्ने, ठेक्का प्रक्रिया सकिएको एक महिनाभित्र ठेकेदार परिचालन गर्ने तथा त्यसको चार बर्षभित्र आयोजना सक्नुका साथै जलाशय वारीपारी सुन्दर वस्तीको योजना र आयोजना निर्माण सँगसँगै लाने  अर्थात साढे पाँच वर्षभित्र आयोजनाको निर्माण गरिसक्ने गरी कार्ययोजना उल्लेख छ । आयोजना कार्यान्वयनका लागि जनताले विश्वास गरेको तथा उच्च नैतिकता भएका वित्त क्षेत्रबाट एक, विशुद्ध व्यापारी-उद्योगी पृष्ठभुमिको एक, ज्ञाता एक, ठूला निर्णय गर्नसक्ने तथा पूर्व सफल व्यवसायी-कर्मचारी-विज्ञ एक गरी पाँच जनाको कार्य समिति गठन गरेर आयोजना अघि बढाउने उनको प्रस्ताव छ ।

क्षेत्र लगानीको सम्भावना (रु.अर्बमा) 
टेलिफोन १००
वैदेशिक रोजगारी १५
निजी विद्यालय ४५
वैदेशिक अध्ययन ४.४ 
मोटरसाइकल-कार ११० 
जलविद्युत् उत्पादन कम्पनी १ 
पेशा व्यवसायी १५.४५
नेकपा-कांग्रेस कार्यकर्ता २४

स्रोत :कारोबार