नेपालको लघुजलविद्युत क्षेत्रका अगुवा एवं आविश्कारक अक्कलमान नकर्मीको निधन

    1694

    काठमाडौंः नेपालको पहाडी र हिमाली भू–भागमा लघु–जलविद्युत प्रविधिको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका अक्कलमान नकर्मीको शनिबार राति निधन भएको छ ।

    लघु जलविद्युत प्रविधिमार्पत दुर्गम जनतालाई बिजुलीको उज्यालो दिन योगदान दिएका नकर्मीले अनुसन्धान गरी प्रतिपादन गरेको पेल्ट्रिक सेट नेपालको भूगोल सुहाउँदो उपकरण मान्निछ । यो सानो पानीको स्र्रोतबाट पेल्टन रनर घुमाएर बिजुली निकाल्ने प्रविधि हो ।  पानी घट्टलाई विकसित तुल्याएर बिजुलीसमेत उत्पादन गर्नको लागि पनि उनले यन्त्र उपकरण विकास गरेका छन् । उनले उत्पादन गरी देशका विभिन्न ठाउँमा जडान गरिएका पेल्टन र अन्य टर्बाइनहरु उच्चस्तरीय मानिएका छन् ।

    नकर्मीको उत्पादनहरु विदेशमा पनि उपयोग गरिएका छन् । करिब पचास वर्ष ग्रामीण जनताका लागि उपयुक्त प्रविधि अनुसन्धान र उपयोग गरेका नकर्मीले विश्वस्तरको रोलेक्स पुरस्कार पाउन सफल भएका थिए भने उनलाई नेपाल लघु जलविद्युत विकास संस्था, जल तथा उर्जा परामर्शदाता संघ नेपालबाट पनि सम्मान गरिएको थियो । विगत केही समयदेखि अस्वस्थ्य रहेका ७१ बर्षीय नकर्मीका धर्मपत्नी, तीन छोरी र दुई छोरा छन् ।

    Source: Corporate Nepal