१० वर्षमा १० हजार मेगावाट विद्युत् माग पुग्छ : मन्त्री पुन

    2089

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी १० वर्षमा विद्युत् माग १० हजार मेगावाट पुग्ने बताएका छन् ।
    हाल १ हजार ३ सय मेगावाट मात्र विद्युत् माग रहकोमा मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित भेटघाटमा मन्त्री पुनले १० वर्षमा यति धेरै माग पुराउने बताएका हुन् । ‘१० वर्षमा १० हजार मेगावाट विद्युत् माग पुग्छ, उत्पादन पनि न्यूनतम १० हजार मेगावाट बढाउने गरी अघि बढ्छौं ।” उनले भने, “ऊर्जाको एक खर्बभन्दा बढीको आयात प्रतिस्थापन गरी ऊर्जामा आत्मनिर्भर बनाउने योजना छ ।” मन्त्री पुनले औद्योगिक क्षेत्रदेखि चुल्होसम्म विद्युत् सेवा पुराउने गरी सरकार अघि बढ्ने जानकारी दिँदै ५० प्रतिशतसम्म जलाशययुक्त आयोजना निर्माण गर्ने गरी योजना बनाउने बताए ।

    संघीयतालाई कार्यान्वयन गर्ने गरी ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउँदै उनले जलस्रोतलाई बहुपक्षीय क्षेत्रमा उपयोग गर्ने र सिँचाइ क्षेत्रमार्फत रोजगारी सिर्जना गरिने बताए ।

    स्रोत:कारोबर